राम अवतार चौधरी,,
कपिलवस्तु:= पानी नपर्दा कपिलवस्तुका किसान सुख्खा खेतमा धान रोप्ना बाध्य रहेका बताएका छन् । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश भए त पनि कृषिमा सरकारको लागानी न्युन रहेकोले अकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता रहेकोले धैरे कृषकहरु चिन्तित भएका हुन् ।
नेपालको कृषि प्रणालीमा उचित व्यवस्थापन र उपयोग नहुदाँ किसान, व्यापारी, जनावर लगायत अन्य प्राणी मर्कामा पर्दै आएका छन् । हालको मानसुन हेर्दा खेती योग्य जमीन पनि मरुभुमी बन्ने सम्भावना देखिन्छ ।
यसैबीच शिवराज नगरपालिका वार्ड नं.८, लक्ष्मणपुरका किसान छागुर मौर्याले पानी न पर्दा आफ्नो सुख्खा खेतमा धान रोप्दै छन् । मौर्याले भन्छन्– “बिकासमा देश फडको मार्दै गर्दा कृषि तर्फ सरकारको ध्यानाकर्षण नहँदा पहिलैकै अवस्थामा आज पनि कृषि क्षेत्रको अवस्था यस्तो भएको छ ।
त्यसको प्रतिफल आज म लगायत अन्य किसान सुख्खा खेतमा धान रोप्न बाध्य छन् ।”
भन्नमा नेपाल कृषि प्रधान देश भनेर मात्र हँुदैन भाषणमा एउटा व्यवहारमा अर्को अनि कसरी हुन्छ देश विकास सरकारले कृषिमा पनि उचित लगानी गर्नुका साथै त्यसको कार्यन्वयन हुन आवश्यक रहेको किसानहरुले गुनासो गरेका छन् ।