NRNA मलेसियाको नेतृत्वमा समाजसेवी सुन्दर आले कि , ब्यवसायी,ब्यापारी हरि भट्टराई ? (बहस पढेर सेयर गर्नुस्)

Sunday, 4 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया):= मलेशिया-गैर आवासीय नेपाली संघ मलेशियाको अधिबेशन नजिकिए सङ्गै मलेशियाका नेपाली माझ चुनाबी सरगर्मिको असर देखिन थालेको छ।मुख्यतया गैर आवासीय नेपाली संघ भन्ने बितिकै अन्य मुलुकहरुमा स्थायी बसोवास गर्ने नेपालि मुलुकका नागरिकहरुको साझा सस्था भनेर सरल भाषामा बुझ्न सकिन्छ।
मलेशियाको हकमा पनि सोही बुझाई हुनुपर्ने तर नेपाली श्रमिक बिचमा त्यति धेरै लोकप्रिय र चासोको बिसय बन्न भने सकेको छैन।बिगतका फाट्टफुट्ट नेतृत्वहरु बाहेक यो सस्थाले खासै उपल्ब्धी हात पार्न नसकेको सहजै अनुमान लाउन सकिन्छ।कारण वास्तविक श्रमिक भन्दा मलेशियामै ब्यापार,ब्यावसाय गरेर बस्नेहरुको हाली मुहाली अधिक मात्रमा छ।
संगठित रुपमा सामुहिक काम गर्नु राम्रै मानिन्छ। जहाँ जहाँ नेपाली पुगेका हुन्छन।उहीँ सङठन बनाएर केही न केही उदाहरणीय सामाजिक कार्यहरु गरेको प्रसस्तै पाइन्छ।
तथापि मलेशियाको हकमा गैर आवासीय नेपाली संघको काम पेचिलो बन्दै गईरहेको छ।त्यहा नेतृत्व गर्ने नेतृत्वकर्ता होस वा समिति भित्र आवद्ध रहेका सदस्य, बिना पुजि बिना लगानी र बिना पहुच स्वच्छ प्रतिस्पर्धा गर्नु भनेको कोसे ढुङ्गा साबित हुनु हो।
त्यसको एकमात्रै कारण पुजीवादी सस्कृती र म्यानपावर ब्याबसायीहरुको आवद्धता हो।त्यसो त त्यही सस्था भित्रका केही ब्यक्तित्वहरु त्यस्ता पनि छन।जो मलेशियामा दसकौ देखि समाजसेवा र श्रमिक हितका निम्ति निरन्तर लागिरहेको पाइन्छ।
तर पुजि अभाबकै कारण त्यस्ता राम्रा छवि भएकाहरु लाई नेतृत्वदायी भुमिका बाट बारम्बार वाइपास भइरहेको प्रत्यक्ष महसुस गर्न सकिन्छ।यिनै बिसयको पेरिफेरिमा रहेर गैर आवासिय नेपाली संघ मलेशिया २०१७-२०१९ का महासचिव सुन्दर आले र अर्का आकाक्षी हरि भट्टराईका बारे चिरफार गर्ने जमर्को गरेका छौ।
यही सेप्टेम्बर-१ मा हुन लागिरहेको गैर आवासीय नेपाली संघ मलेशियाको २०१९-२१ को अधिबेशन बारे मलेशियाका नेपाली माझ चुनाबी माहोल तातिएको छ।संघले उम्मेदवारी मनोनयन दर्ता घोषणा गर्न पुर्ब मलेशियाका नेपाली माझ भट्टराई र आलेको समर्थक र बिरोधिहरुले सामाजिक सन्जाल मार्फत चर्को बहस सुरु गरिसकेका छ्न।
उक्त दुई बर्षे कार्यकालका लागि यतिबेला अध्यक्षका दाबेदार दुई महत्वाकांक्षी उम्मेदवारहरु आले र भट्टराई लाई विशेष महत्वका साथ हेरिएको छ।सोही बिषयमा केन्द्रीत रहेर समिक्षात्मक सामाग्री तयार पारिएको हो।
(सुन्दर आले मगर)

मलेशियाका आम श्रमिक नेपाली माझ सुन्दर आले  मगर :- 
मलेशियामा नेपाली श्रमिकहरु लाई संगठित गर्ने र भइ परी आएको समस्याहरुमा उद्दार तथा आर्थिक सहयोग गर्ने ब्यक्ती मध्ये सुन्दर आले को नाम अग्रपंक्तिमा आउँछ।
मलेशिया बसाइको करिब १ दशक बढी बिताएका आलेले नेपाली संघ सस्थाहरुमा आफुले गर्न सक्ने नैतिक,आर्थिक र भौतिक सहयोग गर्ने गरेका छन।त्यति मात्रै होइन नेपालका आदिवासी जनजातिहरुको साझा सस्था नेपाल आदिवासी जनजाती महासंघ मलेशियाका सस्थापक अध्यक्ष समेत हुन।
प्राय गरि सबै जाती धर्म,भाषा,सस्कृती सङ्ग समान धारणा राख्ने र सबै समुदायका ब्यक्तिहरु सङ्ग मिलनसार भावले प्रस्तुत हुने उनको पहिलो विशेष्ता हो।आफ्नै ब्याबसाय गरेर बसेका नेपालीहरु मध्य हालसम्म कुनैपनि गैरकानुनी कार्य र सस्थामा विवाद नपरेका स्वच्छ छवि भएका सरल र भलाद्मी ब्यक्तित्वको परिचयले चिन्छन।
सबै माझ लोकप्रीय स्वभाव र मिलनसार तथा उनको इमान्दारीतानै अबको नेतृत्व हत्याउन सक्ने बलियो प्रतिस्पर्धाको आधार रहेको प्राय नेपालिहरुको बुझाइ छ।भने त्यसै गरि मलेशियामा गठित सम्पुर्ण जातिय सस्थाहरुको बलियो साथ रहेको छ।त्यसकारण पनि ढुक्क भएर गैर आवासीय नेपाली संघ मलेशियाको अध्यक्षको उम्मेदवारी दिन लागेको उनी निकट श्रोत बताउछन।स्मरण रहोस यश अघि उनी दुई कार्यकाल महासचिव भइसकेका छन।
(हरि भट्टराई)

मलेशियाका आम नेपाली श्रमिक माझ हरि भट्टराई :-
गैर आवासिय नेपाली संघ मलेशियाको २०१७/१९ समितिको अवधी सकिदै गर्दा आगामी २०१९/२१ को अध्यक्ष पदका प्रत्याशी उम्मेदवारका लागि मलेशियाका नेपाली माझ चर्चामा रहेको नाम मध्ये हरि भट्टराई पनि एक प्रमुख नाम हो।
गैर आवासीय नेपाली संघ मलेशियाको पुर्ब सल्लाहकार समेत रहेका भट्टराई पछिल्लोपटक २०१७/१९ को समितिले मनोनीत गरेको सदस्यको हैसियतमा रहेका थिए।सामाजिक रुपमा उनको छवि र लगाब त्यति देखिदैन।म्यानपावर ब्याबसायिको रुपमा आफू लाई स्थापित गरेका भट्टराई मलेशियामा गठित विभिन्न संघ सस्थाहरुको सार्बजनिक कार्यक्रमहरुमा खासै उपस्थिती देखिदैन।
समाज सेवि भन्दा पनि उनी ब्यापारिक दृस्ठिकोणले मलेशियाका ब्याबसायीहरु मध्ये एक स्थापित नाम हो,भनेर प्रायले चिन्छन।मलेशियामै म्यानपावर कार्यलय सन्चालन गरेर बसेका भट्टराईको रेस्टुरेन्ट,कपडा पसल,मिनि मार्केट र विभिन्न कम्पनिहरु सन्चालन गर्दै आइरहेका छन।भने करिब १५०० भन्दा बढी नेपाली मजदुरहरु लाई काम लगाउछन।त्यस हिसाबले पनि मलेशियाका नेपालिहरुले समाज सेवि भन्दा व्यापारी भनेर चिन्ने गरेको श्रोतको दावी रहेको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu