महासंघको प्रथम ऐतिहासिक सम्मेलनमा भाग लिन मलेसियाबाट सुन्दर आले , रबिन राईलाई सिफारिस ।

Thursday, 17 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[ अर्पण मगर ]
क्वालालम्पुर / मलेसिया := विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल आदिवासी जनजाती महासंघको प्रमुख आयोजना तथा आदिवासी जनजातीय प्रतिनिधिमूलक संगठनहरू, नेफिन सम्बन्धन संगठनहरू र बिदेश स्थित सम्बन्धन शाखाहरूको सह-आयोजनामा यही मिति २०७६ कार्तिक १ - २ गते तदानुसार १८-१९ अक्टोबर २०१९ का दिन राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाण्डौंमा "प्रथम अन्तर्राष्ट्रिय सम्मेलन" समुद्घाटन समारोह हुने भएको हो। महासंघका अध्यक्ष जगतबहादुर बराम र उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन देश तथा विदेशका संस्थाहरुलाई आग्रह गरेका छन् ।

‘विभिन्न उद्देश्यले संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि निरन्तर योगदान गरिरहेको स्मरण गर्दै गराउँदै परिवर्तित सन्दर्भमा संसारभरका नेपाली आदिवासी जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने उद्देश्यले आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन गर्न गराउन गइरहेको सम्मेलनमा भाग लिन मलेसिया बाट नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका संस्थापक अध्यक्ष लाल बहादुर अाले मगर ( सुन्दर ) त्यसैगरी महासंघका पूर्व अध्यक्ष रबिन राई द्वयले महासंघ मलेसियाको प्रतिनिधित्व गर्ने हुनु भएको छ।

सो अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन नेफिन संघीय परिषद् सचिवालयका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, नेफिनका पूर्व प्रमुखहरू, नेफिनका आदिवासी जनजातीय संगठनहरू र सम्बन्धन संगठनहरूको तर्फबाट एक÷एक जना महिला र पुरुष गरी दुई जना, नेफिनको प्रदेश समन्वय परिषद्का अध्यक्ष रसंयोजकहरू, विदेशस्थित नेफिन सम्बन्धन शाखाहरूको तर्फबाट दुई–दुई जना महिला र पुरुष गरी चार जना र आवश्यक अन्य आदिवासी जनजाति आन्दोलनका व्यक्तित्वहरू प्रतिनिधिको रुपमा उपस्थिति हुने समेत जानकारी गराएको छ ।

विदेशमा रहेर नेपालको आदिवासी जनजाति आन्दोलनलाई विभिन्न समयमा पुरयाएका, आर्थिक, नैतिक, भौतिकलगायत विविध खाले सहयोग र योगदानको उच्च कदर गर्दै आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन एकअर्काबीच हातेमालोका लागि समेत महासंघले आग्रह गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu