नेपाल आदिवासी जनजाती महासंघ मलेसिया द्वारा प्यारालाईसीस बिरामीलाई आर्थिक सहयोग

Thursday, 17 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ईश्वर राई ,,
क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाली ब्यबसायी समाज मलेसिया द्वारा उच्च रक्त चापको कारण पुरै शरिर नचल्ने भएका इलाम मांसाबुङका दुर्गा बहादुर लिम्बूलाई आर्थिक सहयोग गरेको छ ।

लिम्बूको थप उपचारको लागि आदिवासी जनजाति महासंघ मलेसियाले पाँच सय रिंगेट र सगरमाथा रेष्टुरेन्ट ५१ रिंगेट, साईनाे रेष्टुरेन्ट ५१ रिंगेट , हाम्राे क्याफे ५१ रिंगेट, मण्डला रेष्टुरेन्ट ५१ रिंगेट, एभरेष्ट किचन रेष्टुरेन्ट ५५ रिंगेट, खाजाघर रेष्टुरेन्ट ५५ रिंगेट, लाङघालि माेबाईल पसल ३० रिंगेट, दिपज्योति रेष्टुरेन्ट ६० रिंगेट गरि जम्मा नौं सय चार रिंगेट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईको पहलमा सहयोग संकलन गरेको हो ।

दुर्गा बहादुर लिम्बु केही बर्ष देखि मलेसियामा अबैधानिकरुपमा काम गर्दै आएका थिए । उच्च रक्त चापको कारण गत सेप्टेम्बरमा पुरै शरिर नचल्ने भएको थियो । उनलाई साथीहरूको सहयोगमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भोली नेपाल पठाउने तयारी गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu