नेपाल् तामाङ कलाकार संघ मलेसियाको पहिलो अधिवेशन,दोस्रो बार्षिक उत्सव डिसेम्बर २२ तारिख ।

Monday, 4 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्प्पुर(मलेेसिया):= नेपाल्  तामाङ कलाकार संघ मलेसियाको आउदो डिसेम्बर महिना २२ तारिख आईतवारका दिन दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम आयोजना हुने भएको छ।

सन् २०१७ मा फुर्बा दोर्जे मोक्तान तामाङको अध्यक्षतामा स्थापना भएको तामाङ कलाकार संघ मलेसियाले २ बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यमा दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रितिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर चौकिट स्थित ग्रान्ड कन्टिनेन्टल होटल (grand continantal hotel) मा हुन लागेको संघका सचिव अमिर लोप्चन तामाङले बताए ।


कार्यक्रममा संस्थाले अहिले सम्म गर्दै आएका विविध सामाजिक कार्यहरु पनि बाचन गरिने भएको छ । साथै अहिले सम्म धेरै पिडित रोगी हरुलाई सेवा गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ अगाडि बढ्ने तामाङ कलाकार संघ मलेसियाको प्रतिबद्धता रहेको संघका सचिव तामाङले भने ।

अहिले सम्म संस्थाले विभिन्न क्षेत्रमा अग्रसर रहनु भएका समाजसेवि,पत्रकार,कलाकर,खेलाडी हरुलाई सम्मान गरिदै आएको र आउदो कार्यक्रममा पनि सम्मान गरिने र प्रवास मै रहि विभिन्न बिधा लाई आत्मासात गर्दै आउनु भएको स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुतीले उपस्थित सम्पुर्ण दर्शकहरु लाई भरपुर मनोरञ्जन गराउने बिश्वास व्यक्त गरे ।

मलेसियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीअरहरूलाई तामाङ कलाकार संघ मलेशियाको दोस्रो वार्षिकोत्सब र पहिलो अधिवेशनमा सम्पुर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम हुने स्थान – ग्रान्ड कन्टिनेन्टल होटेल क्वालालम्पुर 

मिति- 22 december 2019

समय – बिहान 10 बजे


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu