केन्द्रिय अध्यक्ष धनीराम चौधरीको सभापतित्वमा बसेको बैठकले पुस ७ गते देखि पुष १५ गते सम्म सो अभियान संचालन गर्ने निर्णय गरिएको हो । अभियानको क्रममा थारु कल्याणकारिणी सभा माथि बर्तमान समयमा फ़ैलाइएको भ्रमबारे चिरफार गर्ने संस्थाको पदाधिकारीले थरुहट डटकमलाई जानकारी दिनु भएको छ ।
थारुको नाममा राजनीति गर्ने केहि थारु नेताहरुले थारु कल्याणकारिणी सभा बारे भ्रम फैलाइरहेको त्यसको पर्दाफास गरिने थारु कल्याणकारिणी सभाले जनाएको छ ।पुस ७ गते देखि मोरंग बाट शुरु हुने अभियान पुस १३ गते धनगडी , कैलाली हुदै पुस १५ गते काठमाडौँमा समापन हुने छ । थारु कल्यांकरिणी सभा केन्द्रिय समितिको प्रशिक्षण तथा जनचेतना अभियान कार्यक्रमको तालिका यस्तो रहेको छ ।
