हमार सनेश ड्टकम,
आरएन चौधरी थारु ,,
काठमाडौं := नेपाली थारु गितसंगीत क्षेत्रको सुपर मोडल,गायक,गायिकाको रुपमा परिचीत दि-रक बोय राज कुश्मी र अन्जु कुश्मी (फुलकुमारी) को डान्स बिटको नयाँ थारु म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
थारु कल्चर देखि लिएर डन्स बिटको एकदमै फरक फरक खाले थारु गित गाउन र आफैं अभिनय गर्न रुचाउने मोडलद्धय राज र अन्जुको जोडी म्युजिक भिडियोमा खुब चर्चा कमाउने गर्छ।
एकपछि अर्को हिट गित निकाल्दै चर्चामा रहेका दुई जनाकै अभिनय रहेको नयाँ भिडियो
" कमरिया बाओई बबाल " यतिबेला तहल्का पिट्दै आर.के.सी डिजिटल स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
राज कुश्मीको शब्द संगीत रहेको यस् गितमा राज संगै नव गायिका सोनु कुश्मीले सुमधुर स्वर दिएकि छ्न । प्रदिप थारुले निर्देशन गरेको भिडियोको निर्माण अनिश चौधरीले गरेका हुन भने सम्पादन रामु चौधरीले गरेका हुन ।
बिशाल निरौलाको ब्यवस्थापन संगै भिडियोमा राज,अन्जु,अनिशले बबाल अभिनय गरेका छ्न भने बिच बिचमा राज र निर्देशक प्रदीपले हानेको र्याप समेत देख्न सकिन्छ ।
तलको लिङ्क खोलेर भिडियो हेर्नुस र सेयर गर्नुस:-
Home
News
Videos
" कमरिया बाओई बबाल " राज र अन्जुको डान्स भिडियो युट्युबमा सार्वजनिक(भिडियो हेर्नुस,सेयर गर्नुस्)