नेपाली दूतावास र महासंघ मलेसियाको सहयोगमा लोकबहादुर राना मगरलाई नेपाल् फर्काइयो ।

Tuesday, 26 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिरामी परेका रुपन्देही रुद्रपुरका लोक बहादुर राना मगरलाई नेपाली राजदुतावास मलेसियाको पहल,सकृयतामा तथा नेपाल आदिवासि जनजाति महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको आर्थिक सहयोगमा आज नेपाल सकुशल फिर्ता गराउने , पठाउने भएकोछ ।

राना मलेसियामा बिगत ३ बर्ष अगाडि आएका थिए र हाल केही समय देखि अबैधानिक रुपमा जोहोरको एक गार्डेन कम्पनीमा काम गर्दै आएका थिए । उनले नेपाल जानको लागि तिर्नु पर्ने जरिवाना मलेसिया रिङगेट ७००/- आदिवासी जनजाति महासंघ मलेसियाले सहयोग गरेको छ । उक्त सहयोग रकम नेपाल आदिवासी जनजाति महासंघका प्रबक्ता ईश्वर राईले बिरामी रानालाई दुतावासको रोहवरमा हस्तान्तरण गरेका हुन ।

गार्नेडेनमा प्रयोग हुने बिषाधिको असरले २ साता अगाडि सिकिस्त बिरामी परेका उनी केएल हस्पिटलमा रिफर भई आई सि यु मा भर्ना भएका थिए । नेपाली दुतावासको स्रोत अनुसार रानाको स्वास्थ सुधार भएको र उनलाई आज मलेसियाबाट दिउँसो ४ बजे नेपाल पठाईनेछ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu