पत्रकार रबिन्द्रकुमार चौधरी माथी सांघातिक आक्रमण ।

Monday, 23 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
उदयपुर := बरुवा टाईम्स दैनिकका प्रकाशक तथा प्रबन्ध निर्देशक रबिन्द्रकुमार चौधरीलाई आफनै घर नजिक केही ब्यक्तिले बिहिवार साँझ साँघातिक आक्रमण गरेको छ । 

त्रियुगा नगरपालिका– १२ पुरानो रक्सी भट्टी नजिकै रहेको आफनै बारीमा उनलाई सिरहाको चन्द्रलालपुर गाविस– २ स्थायी घर भई त्रियुगा नगरपालिका– ११ गाईघाटमा होटल ब्यवसायी गर्ने पुरानो कृषि बिकास बैक नजिकको शिव होटलका सञ्चालक ४५ वर्षीय शिवकुमार यादब, त्रियुगा नगरपालिका– १२ हात्तीमाराका ५० वर्षीय निरबहादुर सार्की सहितको केही ब्यक्तिले आक्रमण गरेको जनाएका छन ।पुर्बेली दर्पणले समाचार छापेको छ ।

चौधरीले बिगत ४५ वर्ष देखि भोग चलन गर्दै आएको जमिनमा एक्कासी यादब सहितको ५÷६ जनाको समुहले जग्गा कब्जा गरि घेराबेरा गर्न थालेपछि किन यसो गरेको भन्दा यादब सहितको समुहले आक्रमण गर्दा चौधरी घाईते भएका हुन् । घाईते चौधरीका अनुसार आफुले बिगत लामो समयदेखि भोगचलन गर्दै आएको जग्गामा तारघेरा गरेपछि किन घेरेको भन्दा आफुलाई आक्रमण गरि घाईते तुल्याउनुका साथै शरीरमा भएको लुगा कपडा समेत च्याति दिएको बताए ।

कुटपिट गरि भागेका यादब सहितको समुहलाई तत्काल पक्राउ गरि कारबाही गर्न आफुले जिल्ला प्रहरी कार्यालय उदयपुरमा कुटपिट तथा सार्वजनिक अपराध, शान्ति सुरक्षा तथा जीउ धनको सुरक्षाको माग गर्दै निवेदन दिएको चौधरीको भनाई रहेको छ । उनले कुटपिटमा संलग्नहरुलाई पक्राउ गरि कडा भन्दा कडा कानुनी कारबाही हुनु पर्ने माग गरेको छ । यस्तै घटनाका दोषीहरुलाई पक्राउ गरि कडा भन्दा कडा कारबाही हुनु पर्ने नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष भोटराज राईले माग गर्नुभएको छ ।

पत्रकार चौधरीलाई गम्भिर हुने गरि कुटपिट गरिएको हुँदा सो घटनाका दोषीहरुलाई कानुनी कारबाही तथा क्षतिपूर्तिको माग गरिएको छ । प्रहरीलाई दोषी उपर कडा कारबाही गर्न पत्रकार महासंघ उदयपुर शाखाले माग समेत गरेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu