थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी,माघे सङ्क्रान्ती(खिचरा) पर्व मनाउने ।

Monday, 23 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दक्षिण कोरिया := थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी,माघे सङ्क्रान्ती(खिचरा) पर्व तथा थारु सम्बत २६४३ कार्यक्रम कोरियामा पनि धूमधामका साथ मनाउने भएको छ।

” हाम्रो कला संस्कृति , हाम्रो पहिचान , संरक्षण र सम्बर्द्धन हाम्रो अभियान ” भन्ने मुल नाराको साथ जनवरी २६ तारिख कोरियाको सउल भन्ने ठाउँमा सो माघी पर्व मनाउन लागिएको थाकस कोरियाका वरिष्ठ उपाध्यक्ष शिव संकर महतो थारुले जानकारी गराउनु भयो ।

थाकस कोरियाले माघी पर्व बिगत पाँच बर्ष देखि मनाउदै आईरहेको छ । माघी सान्कृतिक कार्यक्रमको लागी नेपालका थारु,नेपाली राष्ट्रिय कलाकार गायिका अनु चौधरी , मोडल तथा डान्सर एन्डिसा चौधरी कोरियामा आफ्ना प्रस्तुति पस्किन कार्यक्रमको माहोललाई मनोरञ्जनात्मक बनाउन जाने भएकी छिन । राष्ट्रिय कलाकारका साथसाथै गायक उमेश चौधरी , मोहन दहित,ओम चौधरी लगायतको स्थानीय कलाकारको समेत बेजोड साङ्गितिक प्रस्तुति रहने थाकस कोरियाका ब.उपाध्यक्ष महतोले बताए । मनोरञ्जनको साथसाथै थारु जातिको भाषा,धर्म,कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन , भ्रमण बर्ष २०२० प्रचारप्रसार तथा प्रबर्द्धनको लागी सो कार्यक्रम आयोजना गर्न लागेको महतोले भने ।

प्रदेशको ब्यस्त जीवन शैलिको बावजुत पनि यस्ता जातिय मौलिक पहिचान झल्किने कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया जनाए ,साथै कार्यक्रम सफल बनाईदिनु हुन यहाँ रहेका सम्पुर्ण नेपाली संघसंस्था , ब्यवशायी,बौद्धिक ब्यक्तित्व,बिद्यार्थी,पत्रकारहरुमा पनि उनले हार्दिक अनुरोध गरेका छ्न ।
प्रवेश निशुल्क रहेको सो कार्यक्रमको मुख्य आकर्षणमा सान्स्कृतिक मनोरञ्जन र थारु जातीको मौलिक खानाको परिकार रहेको पनि वरिष्ठ उपाध्यक्ष चौधरीले प्रष्ट पारे ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu