कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियाको श्री धर्म ज्योति आधारभुत विद्यालयमा दिवाखाजा वितरण कार्यमक्रम आइतबार सम्पन्न भएको छ । बजारको खाजा खानले विद्यार्थीहरु निकै समस्य भैरहेकाले दिवाखाजा कार्यक्रम स्वरुप दैनिक प्रति विद्यार्थी रु.१५ का दरले वितरण गरिएको हो ।
खाजा वितरण कार्यक्रममा ६० जना विद्यार्थीहरुलाई चालु अव ०७५÷७६ बर्षमा २ पटक गरि करिब ४३ हजार ५ सय २० रुपैयाँ वितरण गरिएको हो । दिवा खाजा पहिले प्रत्येक ३ महिनमा वितरण गर्दै आएको थियो भने अब हरेक ४ महिनमा खाजा वितरण गर्ने व्यवस्थान समितिले जनाएको छ ।
त्यसैगरी यसै कार्यक्रम बीच विद्यालयको सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गर्दै प्रअ खगेन्द्र बेल्वासेले विद्यालयमा चालु अव ०७५–७६ मा १५ लाख १६ हजार ८ सय ५९ रुपैयाको कारोबार भएको विद्यालयले जनाएको छ ।