बञ्चराे, भाला र शासक ! (छविलाल कोपिला)

Thursday, 7 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखक := छविलाल काेपिला
याे बञ्चराे हाे
घरेलु हतियार पनि हाे
तर,  शासकहरु
यसलाई स्वचालित हतियार भन्छन्
बञ्चराे गन भन्छन्
अर्थात कल्पहतियार 
मनकारी हतियार ।

यसले छानी-छानी मार हान्न सक्छ
बस्  मैले अादेश दिनु पर्छ
म जहाँसुकै रहुँ
तर, मेराे घरमा रहेकाे बन्चराे
जरुक्क उठेर
शासकहरुका  घर-घरमा पुगेर
छ्याक-छ्याक पार्न सक्छ
यसकारण यिनकाे न्यायालयले
जन्म कैदकाे फैसला सुनाउँछ ।

याे भाला 
याे पनि घरेलु हतियार हाे
तर, शासकहरु
यसैलाई ठ्याक्कै मिसाइल देख्छन्
अर्थात क्षेप्यास्त्र ।

यसले हजाराैं माइल गाेली हान्न सक्छ
ध्वस्त बनाउन सक्छ ।
अनि, मेराे हातकाे रिेमाेटले
जता-जता हान भन्छ, उतै-उतै हान्न सक्छ
यसरी कहिले छतमाथि उक्लिएर गाेली
नबालककाे हत्या गर्छ
कहिले सुरक्षाकर्मीहरु केराकाे ठाम ढाले झैं ढाल्छ
यसकारण,
यतिबेला शासकहरुकाे किल्लाहरुमा भुइचालाे गएकाे छ
र, मेरा स्वचालित बन्चराे र भालाहरु बन्दी बनाइएका छन् ।

यसरी,
नैतिक हार स्वीकार्न नसकेका
तिनै शासकहरुले कर्फ्यु जारी गरेर
मेराे वस्ती लुटेका हुन र अागजनी गरेका हुन् 
अनि, केही थान भाडाका अखबारहरुकाे
अग्र भागमा टासिएर
कृत्रिम अाक्राेश र झूठ भुकिरहेकाे
याे दुनियाँले पनि देखेकाे छ ।

गरून, अाफू खुशी गरून
फैसला कुनै दिन हाेला
याे प्रतीक्षाकाे घडी हाे
हामीलाई थाहा छ
तिनीहरु पनि चैनसंग सुत्न पाउने छैनन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu