बट्कुही वाचन बन्जरिया साहित्यिक कार्यक्रम सम्पन्न ।

Sunday, 4 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
कञ्चनपुर := बट्कुही वाचन बिशेष बन्जरिया साहित्यिक कार्यक्रम-२०७५ सम्पन्न भएकाे छ । कृष्णपुर न.पा.६, बन्जरिया, कञ्चनपुर बन्जरिया कृषक बचत संस्थाकाे भवनमा कार्यक्रम सम्पन्न भएकाे हाे । 

    हरचाली त्रैमासिक तथा सुमिरन पत्रिकाकाे र बन्जरिया गाउँ समाजकाे संयुक्त अायाेजना कार्यक्रम गरिएको बन्जरिया गाउँ समाजकाे अगुवा सन्तराम थारुले बताउँनु भयाे ।

     बन्जरिया साहित्यिक कार्यक्रमका प्रमुख अतिथि रहनुभएका थारु लेखक संघका केन्द्रीय सदस्य सुशील थारुले कार्यक्रममा मैन बत्ती बालेर समुद्घाटन गर्नु हुँदै थारु कला, संस्कृति र साहित्यलाई संरक्षण तथा सम्बर्द्धन गर्दै साहित्य समाजकाे ऐना भएकाे हुनले शहरमा मात्रै नभएर भित्र-भित्र गाउँ घरमा पनि यस्तो साहित्यिक कार्यक्रम गरेर नव अाग्नतुक एवम् सिकारु सर्जकहरूलाई पनि नयाँ बाटोकाे गाेरेटाेमा अाएर समाजलाई परिवर्तनको मुहार तर्फ डाेर्याउनु अाजकाे युवाहरूकाे जिम्मेवारी रहेकाेले त्यसलाई बहन् गर्नुकाे विकल्प नरहेकाे जिकिर गर्नुभयो ।



     यसैबीच वरिष्ठ साहित्यकार छविलाल काेपिलाले कार्यक्रममा बाेल्नु हुँदै देशैभरबाट उपस्थिति जनाएका साहित्यकारहरूकाे रचना वाचनकाे समिक्षा गर्नुभयाे । थारु समुदायको अस्तित्व लाेप हुँदै गएकाेमा चिन्ता व्यक्त गर्दै अबका पुस्ताले साहित्यलाई मध्यनजर गरेर समाजमा लुकेर रहेकाे प्रतिभाकाे सदुपयोग गरेर थारु समुदाय मात्र नभएर समग्र देशकाे विकासमा साहित्यले टेवा पुर्‍याउदैँ गाउँ-गाउँमा समेत थारु हाेमस्टे देखि लिएर संग्रहालय पनि निर्माण गर्नु पर्ने बताउँदै थारु कला, संस्कृति जार्गेना गर्नुमा समेत उहाँले जाेड् दिनुभयो ।

     त्यसैगरी बन्जरिया गाउँ समाजका मुखिया (बरघर/भलमंसा) तथा कार्यक्रम संयाेजक रहेका सन्तराम थारुले अाफ्नाे गाउँको नाम बन्जरिया हुनुकाे इतिहास बताउँदै ऐतिहासिक भएकाले गर्व गर्दै महाकाली सामुदायिक वन उपभोक्त समुहले गर्दा गाउँको समग्र विकास हुनुमा टेवा पुगेकाे बताउँदै भविष्यमा अाफ्नाे गाउँ पर्यटकीय स्थल बनाउँने प्रतिबद्धता समेत जनाउँनु भयाे ।

     उक्त साहित्यिक कार्यक्रममा थारु लेखक संघका केन्द्रीय सदस्य सुशील थारुकाे प्रमुख अातिथ्यिता, वरिष्ठ साहित्यकार छविलाल काेपिलाकाे विशिष्ट अातिथ्यिता, महाकाली सामुदायिक वन उपभोक्त समुहको अध्यक्ष वीर बहादुर थारु, रेडियो नेपालका संवाददाता बिन्तीराम महताे, समाजसेवी माेहन प्रसाद चाैधरी, बुद्धिजीवी ईश्वरी थारु लगायतकाे अातिथ्यिता, जीत बहादुर थारुकाे स्वागत मन्तव्य र सागर कुस्मीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे कुस्मीले जानकारी दिनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu