हमार सनेश सहकर्मी,,
मलेसिया:=तमु समाज मलेसियाले यस वर्ष पनि खिं ल्होसार पर्व भव्यताको साथ मनाएको छ ।
क्वालालम्पुर स्थित एरेना स्टार होटेलमा भएको कार्यक्रममा समाजका अध्यक्ष अनिल गुरुङ, प्रमुख अतिथीमा नेपाल दुतावासका द्धितिय सचिव विनोद मुखिया, विषेश अतिथीमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पिटि शेर्पा, अतिथीहरुमा एनआरएनका महासचिव सुन्दर आले, मगर संघका उपाध्यक्ष दिपु पुलामी, पत्रकार रामचन्द्र गिरी, थारु समाजका महासचिव सरोज चौधरी, लगाएतको गरि विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली दुतावासका द्धितिय सचिव विनोद मुखिया लगाएत अन्य अतिथीहरुले ल्होसार पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।
नेपालबाट आमन्त्रित चर्चित लोक गायिका सविना गुरुङको लोक दोहरी तथा गुरुङ भाषाको गितबाट सबैलाई नचाएका थिए । आफ्ना भाषा संस्कृतिक जोगाउँने हेतुले गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । समाजले विगत २००३ देखि मलेसियामा ल्होसार मनाउँदै आएको समाजका अगुवा वल गुरुङले बताउनु भयो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली राजदूतावासका द्वितीय सचीव बिनोद मुखिया,विशिष्ट अतिथि जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासा ,सभापति लगायतकोले संयुक्त रुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो ।कार्यक्रममा मलेसियामा रहेका कलाकार लगायत गुरुङ समुदायका चेलीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने ल्होसार कार्यक्रम सञ्चालन केश तमुले गर्नु भएको थियो ।
