राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–५, खैरीमा रहेको सिद्धार्थ आधारभुत विद्यालयको ९ कार्य सदस्यीय व्यवस्थापन समिति सोमबार गठन भएको छ ।
जसको अध्यक्षमा सुरेन्द्र प्रसाद चौधरी चयन भएका छन्। भने सदस्यहरूमा जमुर्ती थारु, बलराम सुनार, राजकुमारी थारु, हिमादेवी सुनार, अब्दुल सलिम मिया, अर्जुन बहादुर पाण्डे, उर्मिला थापा श्रेष्ठ र मञ्जुरानी निरौला लगायत सदस्यमा चयन चयन भएका छन् ।
यसैबीच कार्यक्रममा बोल्दै नव निर्वािचत अध्यक्ष चौधरीले अबको कार्यकाल भित्र विद्यालयलाई थप सशकता ढङ्गबाट लैजाने, भौतिक संरचना लगायत गुणस्तरमा समेत जोड दिने उनले दावी गरे । त्यसैगरी नव निर्वा्चित पदाधिकारीहरूलाई भुत पुर्व व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण निरौलाले विद्यालयले फरक र मजबुत तरिकाले अगाडि बढोस भनेर शुभकामना दिएका थिए ।
यस भन्दा पहिले गत माघ २९ गते अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । तर मत बदर भएका कारण फागुन ५ गते सम्मका लागि स्थगित गरिएको थियो । साथै प्रेम बहादुर सुनारको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।