युएईमा "ल्होछार साँझ-२०२०"कार्यक्रमको भव्य तयारी हुँदै/नेपाल बाट कलाकार जादै।

Saturday, 18 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अनिस तामाङ,,
काठमाडौं := वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले तामाङहरुको धार्मिक तथा सांस्कृतिक चाड मन्जुश्री संवत् २८५६ सोनाम ल्होछारको पावन अवसरमा यहीँ आउदो जनवरी ३१ तारिख शुक्रबारको दिन सेलो विशेष "ल्होछार साँझ -२०२० " गर्ने भएको छ ।

"तामाङ समाज युएईको शान,तामाङ संस्कृति तामाङ पहिचान " भन्ने मुल नाराको साथमा तामाङ जातिको भाषा धर्म संस्कृति र भेषभुषाको जगेर्ना गर्ने उदेश्यले मनाउन लागेको उक्त कार्यक्रममा नेपाल देखि सेलो जगतका चर्चित कलाकार गायिका इन्दिरा गोले युएई आउने जाने भएको छ ।

युएईको विकसित शहर दुबई स्थित कार्ल्टन टावर देरामा दिउँसो ठिक १ बजे सुरु हुने उक्त कार्यक्रममामा रोजगारीको शिलशिलामा युएईमा रहेका चर्चित कलाकारहरुको समेत विशेष प्रसतुति रहने छन् ।
प्रवासी भूमिमा रहेर पनि गीत संगीतलाई निरन्तरता दिदैँ आइरहेका कलाकारहरु सन्दिप ग्याबा तामाङ , विजय थोकर तामाङ,सुब्बा बल,नवीन दोङ तामाङ, अन्जुली लोप्चन, राजेश लामा,हरि मोक्तान, संजिता मोक्तान, गेलु शेर्पा,ओसिन तामाङ, सोनाम ब्लोन तामाङ लगायत दर्जनौं कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराएका छन् ।

सन २००५ मा स्थापना भएको तामाङ समाज युएईले प्रत्येक वर्ष ल्होछार कार्यक्रमको साथसाथै विभिन्न सामाजिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएका छन। तामाङ समुदाय धार्मिक र सांस्कृतिक रुपमा धनि भए पनि शिक्षाको कारण पछि परेको ठहर गर्दै विगत लामो समय देखि युएईमा एसएमएस धमाका नामक च्यारिटि शो मार्फत राज्यको पहुँच नपुगेका दुर्गम गाउँबस्तिका तामाङ समुदायको बहुलियता भएका विद्यालयहरुमा आर्थिक सहयोग गर्दै आइरहेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu