कपिलवस्तुको शिवराज नगरस्तरिय माघी महोत्सवको दोस्रो दिन भव्य सम्पन्न।

Tuesday, 21 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= प्रथम शिवराज नगरस्तरिय माघी (खिचडी) महोत्सवको दोस्रो दिन सोमबार भव्य सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज–५, चन्द्रौन्टामा आइतबार देखि सुरु भएको महोत्सवको दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको हो ।

यसैगरी महोत्सवका केन्द्रबिन्दु अञ्जु कुस्मि, राज कुस्मि, खेम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, शारदा थारु, सिमान्त चौधरी, विन्दु थारु लगायत कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनुका साथै झुमाएको साँस्कृतिक संयोजक उत्तम थारुले जानकारी दिनुभएको छ ।
साथै “थारु संस्कृतिके संरक्षण, सम्बर्द्धन आउर प्रबर्द्धनके हम्मन अभियान, न्याय, समानता अउर पहिचान सहितके स्वायत्त थरुहट प्रदेश निमार्ण“ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवको दोस्रो दिन सम्म आइ पुग्दा हजारौँ दर्शकले अवलोकन गरेको र साथै थारु डान्स आईडल समेत भइरहेको आयोजकले जनाएको छ ।
त्यसैगरी महोत्सवको तेस्रो दिन अर्थात् मंगलबार श्रीनिवास चौधरी, समीक्षा चौधरी, उत्तम सिटी, सरगम चौधरी, सोनु कुस्मि, मिलन थारु, श्याम सिटी र रितु चौधरी लगायत कलाकारहरूले मञ्च ताताउने साँस्कृतिक संयोजक थारुले जानकारी दिनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu