क्वालालम्पुर (मलेसिया):= यतिखेर देश देखी बिदेश सम्म नेपाली समुदायमा चाडपर्वको माहोल व्यापक छाएको छ्न ।
दशैतिहार पछिको चाडहरु ल्होसार,चाइनिज नयाँ बर्षको अबसरमा मलेसियाका तीन ठुला सहरहरुमा नेपाली ख्यातिप्राप्त कलाकार हरुको उपस्थितिमा १३ औं रिमिक्स धमाकाको तयारी तिब्र रुपमा चलीरहेको छ ।
रिमिक्स धमाकाले पटकपटक मलेसियाका विभिन्न शहर,स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आइरको केही समय एता लगातार सञ्चालन हुन नसकेको रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गरि कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका आयोजक राजेश श्रेष्ठले बताए ।
कार्यक्रम एहि जनवारी २६ तारीख अाईतवार मलेसियाको बातुपहाड भन्ने ठाउँमा , जनवारी २७ तारीख सोमबार चेम्मेर्लाङ जोहोरबारुमा र जनवारी २८ तारीख मंगलबार रातीमा राजधानी क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटलमा खाना,पानी सहितको ( vip show )आयोजना हुने आयोजकले बताए ।
कार्यक्रमका लागी नेपाल बाट राष्ट्रिय कलाकारहरु गायक प्रमोद खरेल , चर्चित हट एण्ड सेक्सी थारु,भोजपुरी गायिका तथा मोडल अन्जु कुश्मी (फुलकुमारी) , गायक बिबेक लामा , लोकदोहोरी गायक रामजी खाण्ड र हट डान्सर एलिना रायमाझी लगायतको आउने तय भएको छ।
कार्यक्रममा स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहनेछ।