दुबै मृगौला पीडित टेकलाललाई आर्थिक अभावले उपचारमा कठिनाई/सहयोग गर्न हार्दिक अपिल ।

Friday, 3 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
प्रमोद जंग चौधरी ,,
कोहलपुर(बाँके):= बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं.१२ निवासी २९ बर्षीय टेकलाल केसीको लागि आर्थिक संकलन अभियान तिब्र पारिएको छ ।

बिगत पाँच बर्ष देखी दुबै मिर्गौला फेल भैई गम्भीर अवस्थामा रहेका बिरामी " टेक लाल केसी बचाऔं अभियान " समितिले आर्थिक संकलन कार्यलाई तिव्रता दिइएको हो। आइतबार बागेश्वरी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापतिको संयोजकको टोलीले २९ हजार ८ हजार ९८ रुपैया आर्थिक संकलन गरेका थिए ।
टेकलाल केसी बचाउ अभियानमा विभिन्न जिल्ला र वडा कार्यालय,गाउँ घर बाट सहयोग आउने क्रम जारीरहेको छ।
पीडित टेकलाल केसी केही दिन अगाडी भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलमा उपचारको लागी भर्ना भएका थिए , तर त्यहाँ उपचार गर्न कठिनाई भएपछि थप उपचारको लागी काठमाडौंको टिचिङ् अस्पतालमा भर्ना गरिएको आर्थिक अभावले उपचार गर्न कठिनाई भैईरहेकोले सहयोगि मनका धनिले सक्दो आर्थिक सहयोग गरिदिनुहुन केसीको श्रीमति कमला कार्की केसीले अनुरोध गरिन ।
यता कोहलपुर मोडल कलेजका विद्यार्थीहरुबाट ४ हजार ४ सय ६५ रुपैया र शिक्षकहरुबाट १५ हजार रुपैया सहयोग रकम सङ्कलन गरेको संयोजक सुर्य रोकायाले बताउनु भयो।
उनका अनुसार डाइनामिक कलेका विद्यार्थीहरुबाट रु.५ हजार ४ सय ३३ रकम र शिक्षकहरुले समेत सहयोग रकम प्रदान गरिएका हुन। 
स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पसका सचीव समेत रहेका मृगौला पीडित टेकलाललाई सहयोग गर्न चाहने र थप जानकारीको लागी इच्छुक ब्यक्तिले मोबाईल नम्बर ९८४८०२१८८८ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ , अथवा एन.आई.सी एसिया बैंकमा रहेको केसीको बैंक खाता नम्बर ०५९८७५०५९५२४३००१ रकम जम्मा गर्न सक्नु हुनेछ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu