युएईमा माघी महोत्सव भब्य मनाईयो/राष्ट्रिय खेलाडी केशरी चौधरी सम्मानित।

Monday 20 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अनुराग महतो थारु,,
युएई := यहीँ जनवरी १७ तारिख २०२० शुक्रबारका दिन गत बर्ष झै यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु.ए.ई ले माघी पर्व तथा आठआै बार्षिक भेला सम्पन्न गरेको छ ।
कार्यक्रम सञ्चालन था.क.स.युएईका सदस्य कलाकार केशब राज महतो र माया महतोले गर्नु भएको थियो भने अथितीलाई स्वागत र सत्कार सभाका प्रवक्ता,महासचिव खेम महतोले गरेका थिए।
           
कार्यक्रमका प्रमुख अथिती  यु,ए,ई,का  नेफिन संघका अध्यक्ष महेश मोक्तानले कार्यक्रमा छोटो र मिठो मन्त्ब्य राख्नु  भयो र साथ मा माघी पर्बको शुभकामना दिदै  थारु समुदाय  बिदेशमा रहेर पनि थारु समुदायको  यसरी नै आफ्नो परम्परा र भेष भुषा संकृति बचाउदै अगामी दिनहरुमा पनि यसको निरन्तरता दिई रहनु पर्छ , भ्न्नु भयो।
यसै गरि कार्यक्रमका विशेष अतिथि नेपाली समाज यु.ए.ईको उपाध्यक्ष  कमल गिरिले बोल्दै भन्नू भयो , थारु समुदयाको माघी सन्क्रान्ती साथै नयाँ बर्ष २६४३ र  त्यसको को बारे मा छोटो मन्तब्य का साथ थारुहरुको मौलिक संकृतिले भरिएका बन्जर भुमी लाई उरर्बर भुमी बनाउन अहम भुमिका रहेको र नेपालको भुमी पुत्र भनेर चिनिने थारु समुदाय आदिबासी जनजाती मध्यकै धनी कला र संस्कृतीले भरिएको समुदाय हो, नेपालमा यसलाई संरक्षण,सम्बर्द्धन गर्न साचिकै जरुरी छ भन्दै  मन्तब्य राख्नु भएको थियो। साथै बिशेष अतिथिको रुपमा आसन ग्रहण गरेका नेपाल आदिवासी जनजाती महासंघ यु.ए.ईका भुतपुर्ब अध्यक्ष डेर राज गुरुङले छोटो मन्तब्य राख्दै आफ्नो भाषा संकृति प्रमपरा अस्थित्व लाई राजनीतिक रुपमा स्थापित गर्नु पर्छ भन्दै माघिको सुभकामना ब्यक्त गर्नु भएको थियो।
मन्तब्य पश्रात उद्वघोषक गायक केशब राज महतो कार्यक्रम सुन्दर से सुन्दर सुन्दर हमर देश   माघि उत्सब लाई  रङिन मोडमा बदलदै रौनकमै बनाय गायिका अनु चौधरी आइल माखी घुम घुम के झुम झुमके र देख मोर अोठके लाली बोलको गितले आफ्नो दर्शक सुभ चिन्तक हरु लाई छ्म छम नचाय गायक देवकृष्ण निसान चौधरी सबै दर्शक हरुको मन जितन सफल भए।
नेपाल देखि आमन्त्रीत अतिथि कलाकार  पाहुना हरु चर्चित गायक देवकृष्ण गायिका अनु चौधरी साथै मोरंङ जिल्लाका थारु कला केन्द्रका ब्यबस्थापन समितिका सदस्य कल्पना हजारी,शुचि चौधरी सोहि केन्द्रका उपाध्यक्ष बि.ए.न चौधरी, (NoBel Mr.&Miss tharu icon2019) का बिजेता अंकिता बिस्वास थारु,अमन चौधरी अतिथि बहुप्रतिभाशालि  नेपाली राष्ट्रिय खेलाडी केशरि चौधरीलाई  प्रमुख अतिथि मोक्तान कार्यक्रमका सभापती रुपेश चौधरी समाजसेवि कमल चौधरीद्वारा उहाँहरुको काम को योगदान र प्रसंशा गर्दै दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu