जोहोर(मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ मलेसिया जोहोर शाखाको चौथो अधिबेशनबाट गंगा चाम्लिङ राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
उक्त अधिवेशन जोहोर स्थित बागुस सिटि होटेलमा जनवरी १९ तारीख आईतबारको दिन सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय वरिष्ठ-उपाध्यक्ष घनश्याम चौधरी(आरएन)थारु रहेका थिए भने अतिथीहरु एनआरएनए मलेसिया क्षेत्रीय समिती जोहोर सचीव अर्जुन सिंह अनुरागी, मजदुर एकता केन्द्रका प्रतिनिधि दिलिप शाही, एनआरएनए मलेसियाका सल्लाहकार राजेश क्ष्रेष्ठ , समाजसेवी रमेश मल्ल, नेपाल् मगर सान्स्कृतिक संघ मलेसियाका अध्यक्ष यम बलाल मगर,नेपाल मगर संघका प्रतिनिधि ईशा राना मगर लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
मन्तब्यको क्रममा नयाँ समितिलाई शुभकामना तथा बधाई दिदै आदिवासी जनजाती समुदायहरुको एकता अझै मज्बुत हुने नसकेकोमा दुख ब्यक्त गर्दै नयाँ समितिले जोहोर क्षेत्रमा आफ्नो समुदाय र समग्र नेपाली समुदायलाई पनि सशक्तीकरण र एकतामा बल पुय्राउने किसिमको काम गर्नु हुन, बिश्वभर छरिएर रहेका आदिवासी जनजातीहरु एक हुनु पर्ने बताउदै , आगामी दिनमा आदिवासी समुदायका कला,संस्कृतिलाई जगेर्ना गर्ने संगसंगै सकेको खण्डमा मलेसियामा विभिन्न कारण समस्यामा परेका,पीडित नेपालीलाई सहयोग गर्न सुझाउदै , सम्पुर्ण आदिवासी समुदायलाई नयाँ कार्यसमितीले एकजुट गर्नु हुनेछ भन्ने बिश्वास रहेको प्रमुख अतिथि आरएन चौधरी थारुले बताए।
साथै अर्जुन सिंह अनुरागी, दिलिप शाही, राजेश क्ष्रेष्ठ , रमेश मल्ल, यम बलाल मगर,ईशा राना मगर,प्रकाश वाईबा,लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिएका थिए ।
जानुका सुनुवारको सभापतित्व रहेको , एसबी मगरले सञ्चालन गरेको , हेम पुन मगरको स्वागत मनतब्य रहेको कार्यक्रममा हिजो सम्पन्न अधिवेशनबाट गंगा चाम्लिङ राई अध्यक्ष, केशब कुस्मि थारु उपाध्यक्ष, तेज कुमार बुढा मगर उपाध्यक्ष, सुनिल थापा मगर सचिव, रबिकिरण लिम्बू सह-सचिव, रेस्मा राई कोषाध्यक्ष साथै सदस्यहरु ससिकला राई, छविराज राई, मान बहादुर तामाङ, मनमाया राई, सुरेस खबाँस थारु, आशा गुरुङ, सुनिता सुनुवार, सुरेस बुढा मगर, दिनेश थिङ तामाङ, मित्र राई, निलम थापा मगर सहित १७ सदस्यीय समिति चयन भएको छ ।
यता सल्लाहकारमा जानुका सुनुवार, हेम पुन मगर,र यम बलाल मगर निर्वाचित हुनु भएकोछ भने थप कार्यसमिती आगामी दिनमा बस्ने महासंघको पहिलो बैठकले परिपुर्ति गर्दै अगाडी बढ्ने नव निर्वाचित अध्यक्ष गंगा चाम्लिङ राईले बताईन।