सोमबरी थारु अहिले अन्दाजी ६५ बर्षका पुगे । यहि लम्कीमै जन्मेका सोमबरी थारुका बुवा रत्तु चौधरीका दुई छोरा थिए । ती दुई छोरा मध्यका जेठा छोरा सोमबरी थारु भने अर्का छोरा हुन् जित बहादुर चौधरी ।
वि.सं २०५० साल भन्दा पहिले सोमबरी थारुका बुवा रत्तु चौधरीको जग्गाको दरका हिसाबले कैलालीकै महङ्गो मानिने मध्यको एक क्षेत्र लम्की १२ बिगाहा जमिन थियो । रत्तु चौधरीले आफ्ना दुई सन्तानलाई अंश भागवण्डा निर्णय गरे संगै १२ बिगाहाको तीन भाग लगाए । एक भाग आफ्नो र दुई भाग आफ्ना छोरा सोमबरी थारु र जित बहादुर थारुलाई दिए । यसरी सोमबरीको थारुको भागमा पुख्र्यौली सम्पतीको रुपमा चार बिगाहा जमिन आयो । चार बिगाहा जमिन त आयो तर खासै व्यापार व्यावसाय पनि नगर्ने भएकाले घरमा आर्थिक समस्या आई पर्दा आफ्नो भागमा आएको चार बिगाह जमिन मध्यको केही भाग बेचे भने आफ्नो घर बनाउन र खेत जोत्नका लागि गोरु हल जोड्नका लागि पनि उनले आफ्नो भागको जमिन बेचेका थिए ।

चार बिगाह जमिन बाट अहिले उनि संग एक बिगाह दुई कट्टा बाँकी छ । एक बिगाह जमिन अहिलेको मालिका एफ.एम नजिक छ भने अर्को दुई कठ्ठा जमिन नबिल बैंकको पछाडी पट्टी रहेको छ । समबरी थारुको कित्तन नंम्बर ५८३१ मा जग्गामा जानलाई बाटो थिएन त्यहाँ जानलाई अर्को जग्गा भएर जानु पर्ने थियो । यहि कुराको चाल पाएका थिए लम्कीमा किरानाको थोक तथा खुद्रा व्यापार गर्दै आएका खेमलाल न्यौपानेलाई । खेमलाल न्यौपाने लम्कीमा नाम चलेकै व्यापरी हुन् । पुर्वी नेपालबाट आएका न्यौपानेले खोकाबाट व्यापार शुरु गरेका अहिले उनि संग मनग्य सम्पती जोडेका छन् । लम्की बजारका मुख्य–मुख्य स्थानमा घडेरी रहेका उनलाई राम्रो संग चिन्नले बताउँछन् ।
व्यापार तथा जग्गाका खरिद बिक्रिबाट न्यौपानेले राम्रै आम्दानी गर्ने गरेकाले उनलाई सोमबरी थारुको जग्गाको बारेमा पनि थाहा थियो । त्यसैअनुसार न्यौपाने थारुको जग्गा आफ्नो हातमा लिनको लागि उनि सोझा थारुलाई जग्गा बिक्री गर्न राजी बनाउनको लागि उनि हर सक्दो प्रयास गरे । शुरुमा न्यौपानेले पुर्व पश्चिम राजमार्ग भन्दा केही भित्र रहेको कित्ता नंम्बर ६०८६ को दुई कठ्ठा फुत्काउनका लागि एउटा चाल चले । त्यो चाल भनेको एक बिगाहा जमिनमा जाने बाटो मिलाई दिन्छु भन्ने थियो । बाटो पुग्यो भने तपाईको जग्गाको मूल्य बढ्छ त्यसका लागि आफुले बाटो मिलाईदिने र आफुलाई भने यताको दुई कठ्ठा जग्गा मिलाई दिनुपर्ने प्रस्ताव सहित “काका चलि घुमे जाई, मै अकेलीे बोर माण्ठु” (काका घुम्न जाउँ, म एक्लै घुम्न बोर मान्छु) भन्दै न्यौपानेले समबरी थारुको घरमा गाडीमा लिएर कहिले चिसापानी त कहिले अत्तरीया लगेर जाने गरे । अरु बेला खासै बोलचाल नहुने र कारोबार पनि नहुने न्यौपानेले यसरी आफ्नो बुवालाई गाडीमा राखेर घुमाउन थालेको चाल पाए पछि समबरीका जेठा छोरा जुगरामा चौधरी सहितका परिवारका अन्य सदस्यहरुलाई शंका नलागेको होईन तर, जग्गाको बिषयमा समबरीले घरमा कुनै सल्लाहा नगर्ने भएकोले धेरै सोधी खोजी गरेनन्न् ।
सोमबरी थारुले आफ्ना बाबु रत्तुबाट अंश पाएपनि सोमबरीले आफ्ना छोरा जुगराम चौधरी र दिपक चौधरीलाई भने अंश दिएका थिएन्न् । त्यसैले पनि जुगराम चौधरी न्यौपानेले आफ्ना बुवा सोमबरीलाई गाडीमा घुमाउँदा पनि चाल पाउन सकेनन्न् । यता न्यौपाने भने कहिले “काका तपाईलाई जाडो” हुन्छ होला भन्दै बजार बाट ज्याकेट किनेर ल्यान थाले भने कहिले जुत्ता त कहिले मोबाईल किनेर दिने गरे भने चिसापानीको सिद्धार्थ होटलमा लगेर नास्ता खिलाउने सम्मका काम कार्तिकयता बाट गर्दै आएको सोमबरी बताउँछन् । सोझा थारुबाट कसरी जग्गा सस्तोमा फुत्काउन सकिन्छ भन्ने कुरा उनलाई राम्रो संग थाहा थियो । दुई कठ्ठा जग्गा रहेको सोमबरी थारुको अर्को जग्गाको लागि बाटो दिने लोभ देखाउँदै न्यौपानेले जग्गाको मोलतोल गराउन थाले । समबरीका अनुसार न्यौपानेले अति गरेपछि थारुले जग्गाको मुल्य प्रति कठ्ठा १८ लाख रुपैयाँ सुनाए, प्रति कठ्ठा १८ लाख रुपैयाँ भनेपछि न्यौपाले महङ्गो भयो भन्दै १६ लाख दिन सकिने भने । समबरीले भने १६ लाख धेरै कम हुने भएपछि अन्तिम १७ लाख रुपैयाँ भने तर, न्यौपानेको उदेश्य नै फरक भएकाले १७ लाख रुपैयाँ दिन मानेनन् । १६ लाख नै दिने भने पछि आफुले पनि प्रति कठ्ठा १६ लाख रुपैयाँ र एक बिगाहामा ६ धुर बाटो पाउने सहमत भएको समबरी बताउँछन् ।
३२ लाख रुपैयाँ र आफ्नो अर्को जग्गामा बाटो पाउने आश गरेका समबरीलाई न्यौपाले टीकापुर मालपो तमा लगेर गए । मालपोतमा लगेर समबरीलाई जम्मै पैसा पाईसकेको छु भन्नु भनेर सिकाए । मालपोताका कर्मचारीले तपाईले पैसा पाएको हो भनेर सोधे मैले न्यौपानेले सिकाए जस्तै गरि “अँ मैले पाईसकेको हुँ ।” भनेर भनिदिए तर, त्यहाँ त मेरो ७ कठ्ठा जग्गा पास गराईदिए ।

यता न्यौपानेले भने किता नं ६०८६ को २ कठ्ठा जग्गाको तय भएको ३२ लाखलाई न्यौपानेले फरक तरीकाले पैसा दिने प्रयास गर्दै यहि मंसिर २६ गते लम्की स्थित ग्लोबल आईएमई बैंकमा गए । बैंकमा गएर सोमबरीलाई फोन गर्दै नागरिकता र फोटा ल्याएर बैंकमा आउन भने । थारु पनि नागरिकता र फोटा बोकेर बैंकमा पुगे । बैंकमा पहिले नै गएर बसेका न्यौपानले समबरीले ल्याएका नागरिकता र फोटा बैंकका कर्मचारी लाई दिएर खाता खोल्न लगाए । सोमबरीको नाममा नंम्बर भयो २००१०१०००८४६२ खाता खोलियो । खाता खोलको दिनमै न्यौपानेले आफ्नो चेकबाट ३ लाख रुपैयाँ सोमबरीको तत्काल खोलिएको जम्मा गरिदिए र भौचर सोमबरी लाई दिए भने यता नगदको रुपमा ८१ हजार आफुले पाएको सोमबरी बताउँछन् । न्यौपानले बाँकीको पैसाले जग्गा किनिदिन्छु भनेका थिए तर, न्यौपाने जग्गा किनिदिनु त कहाँ कहाँ बरु सोमबरीको कित्ता नं ५८३१ को पाँच कठ्ठा उनलाई थाहा नै नदिएर पास गराए ।
सोमबरीले न्यौपानेले दुई कठ्ठा संगै आफ्नो ५ कठ्ठा जग्गा पाए गराएको थाहा पाए पछि न्यौपानेलाई सोध । न्यौपानेले जग्गा किनिदिने बताए तर सोमबरीका परिवारले टीकापुर मालपोतमा गएर मुद्धा हाले । मुद्धा दिए पछि अहिले टीकापुर मालपोत कार्यालयले सुनुवाईको लागि यहि चैत्र १३ गतेको समय दिएको सोमबरीका परिवार बताउँछन् । तर, यो विषयमा न्यौपाने संग कुरा गर्न खोज्दा न्यौपानेले आफुलाई “पागल”बताउने गरेको समबरी बताउँछन् ।
यता न्यौपाने भने आफुले राजीखुशीका साथ जग्गा लिएको र हुने जति पैसा दिएको बताउछन् । न्यौपानेले ३ लाख खातामा जम्मा गरिदिएको १० कठ्ठा जग्गा लम्कीचुहा वडा नं ७ का किनिदिएको र बाँकी नगद दिएको बताउँछन् ।