कपिलवस्तु:= जनचेतना सामुदायिक वन उपभोक्ता समूहको १०औँ साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१, भलुहीमा शुक्रबार साझा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा सो वनले गत आर्थिक बर्ष २०७५–०७६ मा करिब २८ लाख बराबरको कारोबार गरेको र ९ हजार ८ सय ४२ क्युफिट काठ स्टक प्रतिबेदनमा उल्लेख गरिएको वनले जनाएको छ ।
डिभिजन वन कार्यालय(गौतमबुद्ध)को निमित्त डिभिजनल वन अधिकृत शिव शंकरप्रसाद यादवले वातावरणलाई स्वाच्छ र हराभरा बनाउने एकमात्र माध्यम वन रहेको बताएका छन् । यादवले “हरियो वन नेपालको धन“ भन्ने उद्देश्यलाई मध्यनजर गर्दै यसलाई सफल पार्न यस समुदायिक वन उपभोक्ता समूहको महत्त्वपूर्ण योगदान रहेको उनले प्रशंसा गरे ।
यस्तै थारु कल्याणकारी सभा कपिलवस्तु जिल्ला सचिव जगत देव थारुले कार्यक्रमलाई सम्बोधन गर्दै हरेक समुदायले इन्धनको रूपमा प्रयोग गर्ने काठ दाउरा सहजै प्राप्त गर्ने सामुदायिक वनले निकै नै उल्लेखनीय भूमिका खेलिरहेको बताए ।
उक्त कार्यक्रम लक्ष्मण थारुको अध्यक्षता, डिभिजन वन कार्यालयका शिव शंकरप्रसाद यादवको प्रमख आतिथ्यता, सव डिभिजन वन कार्यालय शिवपुरका प्रेम शंकर गुप्ता, शिवराज नगरपालिका वडा नं.१ की सचिव धनिश्वोर बैजाली, मानव अधिकार ५ नम्बर प्रदेश सदस्य अब्दुलाह खाँ, आदिवासी जनजाति पत्रकार महासंघ ५ नम्बर प्रदेश सदस्य राम अवतार थारु, थारु कल्याणकारी सभाका कपिलवस्तु जिल्ला सचिव जगतदेव थारु, थाकस शिवराज नगर उपाध्यक्ष सुमन थारु लगायतको आतिथ्यता, वन समूहको सल्लाहकार संजय कुमार थारुको स्वागत र सचिव इन्द्रबहादुर थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।