महिलाहरु पनि समयअनुसार सीप सिकेर आत्मनिर्भर बन्दै अगाडी बढ्नुपर्छ:उप-मेयर शिवकुमारी थारु।

Monday, 9 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= समयानुसारको बजारमा माग र उचित मूल्य भएको वस्तु सीप सिकेर उत्पादन गर्न आवश्यक रहेको शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले बताईन् । कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा मिलिजुली महिला विकास बचत तथा ऋण सहकारीद्वारा आइतबार आयोजित कार्यक्रममा उपप्रमुख थारुले यस्तो बताएकी हुन् ।
महिलाहरूका लागि कढाई, मखमल र ढाकाको जुत्ता बनाउने तालिम कार्यक्रमलाई समुद्घाटन गर्दै चन्द्रौटा एक व्यापारी नगरी रहेको महत्त्वपूर्ण स्थानको रूपमा विकास भएको बताउँदै छिमेकी देश भारतसँग जोडिएको कृष्णनगर नाका नजिकै भएकोले बजार गर्न दाङ, प्युठान, अर्घाखाँची लगायतका जिल्लाहरूबाट आउने आम मानिसहरुले  स्थानीय स्तरमा उत्पादन भएको वस्तु प्रयोग गर्न सक्ने उनले जिकिर गरिन् । आफ्नै गाउँ ठाउँमा उत्पादन भएका सामाग्री प्रयोग गर्न पाउँदा गर्व लाग्छ त्यसैले यस तालिमले महिलाहरू सीप सिकेर आत्मनिर्भर हुनु जरुरी बताउँदै यहाँ उत्पादन भएका वस्तुहरू स्थानीय व्यापारीले पनि बजारिकरण गर्न सहयोग गर्ने उपप्रमुख थारुले जनाईन् । उनले भनिन् सिकेका सिपलाई व्यवहारमा उतार्न समेत जरुरी रहेको जनाउँदै बीचबीचमा तालिमको अनुगमन गरिने समेत थारुले जनाईन् ।
यस्तै सहज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कल्लु थारुले कार्यक्रममा बोल्दै सहकारीले हरेक समुदायका मानिसहरूसँग हातेमालो गरेर बचत र ऋण लिने दिने कार्य मात्र नगरेर सिपमुलक तालिम गराएर रोजगारीका अवसरहरू सिर्जना गर्ने सहकारीले भुमि खेलेको बताए । व्यवस्थापक थारुले मिलिजुली सहकारीले गरेको कार्य प्रशंसा गर्दै अगामी दिनहरूमा सो तालिमको आयोजना गर्दा प्रशिक्षक समेत उत्पादन गर्ने गरि सिक्नुपर्ने साथै सफलताको कामना समेत उनले व्यक्त गरे । “सीप सिकौँ स्वरोजगार बनौँ“ भन्ने मुल उद्देश्यका साथ २०७१ सालमा स्थापना भई निरन्तर तालिमको आयोजना गरि यस स्थान सम्म आएको जनाउँदै प्रशिक्षक रूपमा उमा रासकोटी रहेको र महिलाहरूका कढाई, मखमल र ढाकाको जुत्ता बनाउने तालिम लगातार १५ दिन सम्म चल्ने  सहकारीले जनाएको छ ।

उक्त कार्यक्रम शिवरात्री कुर्मीको अध्यक्षता, शिवराज नगर उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, सहज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कल्लु थारु, थापसको केन्द्रीय सदस्य राम अवतार थारु लगायतको आतिथ्यता, २१ जना प्रशिक्षार्थीहरुको सहभागतिा, दिपा अधिकारीको स्वागत र अनिता भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu