कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले वडामा रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्नका लागि सर्वदलीय बैठक सम्पन्न गरेको छ । दैनिक मजदुरी गरि गुजारा चलाउने विपन्न परिवारलाई लकडाउनको समयमा छाक तार्न समेत गाह्रो भएकोले राहत वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जनाए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले वडा वासीहरुको समस्यालाई मध्यनजर गरि राहत वितरण गर्ने तयारीका लागि शनिबार खरेन्द्रपरमा सर्वदलीय कार्यक्रम गरि अध्यक्ष सापकोटाले सबैले सहाकार्य गरि अगाडी बढ्नुपर्ने बताएका छन् ।
पहिलो चरणमा वडामा रहेकको २ सय विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी भइरहेको जानकारी गराउँदै गाउँ टोलमा विदेशबाट आएका मानिस आएको भएमा कम्तिमा १४ दिन सम्म क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए ।
टेकलाल सापकोटाको संयोजकतत्वमा भएकाे कार्यक्रममा समाजसेवी, युवा, शिक्षक, अगुवा, संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागीतामा बैठक सम्पन्न भएको थियो ।