कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिकाद्धारा राहत वितरण सोमबार देखि सुरु गरिएको छ । दैनिक ज्यालादारी गरी जिवीको पार्जन गर्ने नगरका अतिविपन्न परिवारहरुलाई पहिलो चरणको राहत प्याकेज आजबाट वितरण सुरु गरिएको हो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसका कारण चैत्र ११गते देखि देश नै लक डाउनमा रहदाँ सबै नागरिक घरमा नै बस्नु पर्ने भएकाले नगरवासीकाे समस्यालाई मध्यनजर गर्दै नगरका ३ सय १५ घर परिवारलाई राहत सामाग्री अाज प्रदान गरिएको छ ।
सोमबार नगरपालिकाको वडा नं. ३ र वडा नंं ९ मा राहत वितरण गरिएको छ । अब नगरका सम्पूर्ण वडाहरुमा राहत पुराइने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । नगरका गरिब तथा अति विपन्न परिवारको लागत संकलन भइसकेकोले राहत वितरणको कार्य तिब्र हुने उहाँले बताउनु भयो । नगरमा रहेका कोहि कसै पनि भोकै बस्ने अवस्था नआउने भन्दै, हुने र सक्ने नगरका नागरिकले राहत कोषमा राहत पनि प्रदान गरिरहेको नगर प्रमुख अधिकारीले जनाए ।
आजबाट सुरु भएको राहत वितरण कार्यक्रममा नगरको वडा नं. ३ मा २ सय घर परिवार र वडा नं. ९ मा १ सय १५ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको राहत वितरण तथा खरिद समितिका संयोजक नगर उप प्रमुख शिवकुमारी चौधरीले बताइन् । वडाबाट लागत संकलन भएका नगरका १ हजार ६ सय घर परिवारलाई नै राहत वितरण सुरु गरिएको उनले जनाइन् ।