युएईबाट फर्केका कोरोना भाइरस (कोभिड–१९) संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवकमा चैत १४ गते कोरोना पुष्टि भएको धनगढीका ती युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’ कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो । तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए । १५ दिनसम्म अस्पतालमा बसेका युवाको तेस्रो रिपोर्ट आएमा डिस्चार्ज गर्ने तयारी रहको थियो ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन् । ती युवककी भाउजूमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनकी भाउजूको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’ भएको डा. जोशीले बताए ।
कञ्चनपुरका ४१ वर्षीय संक्रमितको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’नै आएको छ । कैलालीको लम्कीका २१ वर्षीय संक्रमितको दोस्रो रिपोर्ट आउन भने बाँकी छ । उनको रिपोर्ट आजै साँझ या भोलिसम्ममा आउने डा. जोशीले जानकारी दिए । डा. जोशीका अनुसार रिपोर्ट ‘पोजिटिभ’आए पनि चारै जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।