वर्षा लेखी भन्छिन्- मेरो वर यस्तो उस्तो होस् कहिल्यै सोच्दिन

Tuesday, 26 July 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

 वर्षा लेखी भन्छिन्- मेरो वर यस्तो उस्तो होस् कहिल्यै सोच्दिन

Barsha Lekhi

भगवानमा मेरो आस्था छ। तर साउनमा व्रत नै बस्नुपर्छ भन्ने मान्यता म राख्दिन। साउनमा भगवान शिवजीको पूजाआजा र भक्ति गर्छु तर व्रत बस्दिनँ। स्वास्थ्यभन्दा ठूलो केही हुँदैन। शरीर र मन दुवै स्वस्थ भएमात्र व्रत बस्नु उचित हुन्छ जस्तो लाग्छ त्यसैले स्वस्थ रहनु पहिलो आवश्यकता हो भन्ने मान्छु म।

म वातावरण विषयको विद्यार्थी भएकाले साउन हरियो प्रकृतिको प्रतीक मानेर हरियो चुरा, मेहन्दी र मेरो मन पर्ने कलर पनि हरियो नै भएका कारण प्रायः हरियो पोसाक नै लगाउने गरेकी छु। व्रत नबसे पनि म फुर्सदका बेला पशुपति दर्शन गर्छु र साउनलगायत अन्य महिनामा पनि म शाकाहारी भोजन गर्न नै रुचाउँछु। भगवानमा आस्था रहेकाले म मेरो वर यस्तो वा उस्तो होस् भनेर कहिल्यै सोच्दिन, त्यो त आफैंमा भर पर्छ भन्ने मेरो विश्वास छ ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu