आमालाई सम्मान र माया गरौ भन्नू हुन्छ,[ शान्तिराज राई "वाम्बुले"]

Monday, 31 October 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आमा जुन सुकै ब्यक्तिको होस !
आमा शब्दलाई अपमान गरेर गाली गरेको र बोलेको मन पर्दैन । आमा भन्ने शब्द नै आफैमा साच्चिकै महान हुनुहुन्छ, आमाको गुणगान कसैले गाएर सक्दैन । कतिपयले आमा शब्दलाई नराम्रो शब्द सङ्ग जोडेर गाली दिन्छन । त्यो सहनिय र सभ्य,क्षम्मा योग्य छैन । जस्तै केही गाली हरु तेरो आमाले गलत समयमा जन्म दिएछ, तेरो आमाले फलाना ढिस्कना गरेको थियो होला,मा चिकने र यस्तो भईश आदि इत्यादि।

हिटलर जन्माउने नि आमा नै हो गौतम बुद्ध जन्माउने नि आमा नै हो । यो पृथ्वीमा जति जेसुकै जन्मेनी आमा बाट नै हो । संसारमा सबैभन्दा सुरक्षित ठाउँ छ भने त्यो आमाको काख नै हो । र सबैभन्दा बढी दुख हामीले दिइएको छ भने त्यो आमालाई नै हो । सबैभन्दा बढी कुटिएको कुल्चिएको यो धर्तिमा खोज्ने हो भने आमानै हुनुहुन्छ । मान्छेको स्वाभाविक नै जन्ममिन्छ र मर्छ । मर्नु भन्दा अगाडि के के गर्छ भन्ने कुरा प्रधान हो । छोराछोरी बिग्रनु समाजमा नराम्रो काम गर्नु आमाको कुनै दोष छैन । किनकि हरेक आमाको सपना हुन्छ मेरो छोराछोरी असल बनोस् । संसारको अगाडी सबैको प्यारो होस भन्ने चाहना नै हुन्छ । मानवको स्वभाव र बानि राम्रो नराम्रो बन्नु भनेको आमाको हातमा हैन समाजको हातमा हुन्छ । मानिस स्वाभाबैले जन्मिन्छ बिस्तारै हुर्कदै जान्छ । हुर्किने क्रममा साथी सर्कल हरु सङ्ग खेल्न थाल्छ । उस्ले खेल्ने क्रममा समाजमा जे देख्छ त्यही प्राक्टिस गर्न थाल्छ । जस्तै स्यानोमा बाल्यकालमा कोहि कोहिले कुरा गरेको सुन्थे यो हामीले लाको घडी हरु त चिनमा केटाकेटी खेल्दै गर्दा बनाउछन रे । अरुको कुरा हो त्यो अनुसन्धानले पुष्टि गर्ला । तर चिन जस्तो औद्योगिक छेत्र भएको ठाउँमा त्यो असम्भव भने देखिन्न।

हाम्रो समाजमा पनि त्यस्तै घटना हरु छन,म सानोमा मन्त्रीको सवारी घोडा देखेर  बुवालाई घोडा बनाउन लगाउँथे। बारिमा कृषिको काम भाको देखेर आपको कोयाको हलो, झिङ्गा पक्रेर गोरु बनाएर जोथ्यौ । रेडियो नेपालमा बालकार्यक्रम पर्खेर सुन्थ्यौ । तर अहिलेका केटाकेटी हरु अलिअलि चेतना आउदैमा मोटर, हवाइजहाज र कम्प्युटरमा भर्चुअल गेममा मस्त,ब्यस्त छन । मैले SLC गर्दा समेत कम्प्युटरको अनुहार देखिन अहिलेका केटाकेटी हरु कम्प्युटरमा ईन्टरनेट चलाउने देखि लगेर सासना सफ्टवेयर निर्माण गर्ने भै सकेका छन । अबको बाकी जेनेरेसन हरु कस्तो उत्पादन हुन्छन् त्यो त समयले नै बताउला । त्यसैले मानिस बिग्रनु समाजको हातमा हुन्छ आमाको हातमा हैन । समाज भनेको तपाईं हामि जस्तै मान्छे मिलेर बन्ने हो । त्यसैले आजैबाट हामीले आमा जस्तो पवित्र शब्द मिसाएर कसैलाई गाली नगरौ ।
आमाको सम्मान गरौ !!!
                   !!!!!!!!!!!!!!!!जय नेपाल!!!!!!!!!!!!!!!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu