लक्ष्मीपुजाको शुभ साइत आज राती १०:१८ मिनेटमा ।

Sunday, 30 October 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कात्तिक १४=यमपञ्चकको तेस्रो दिन आइतबार आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। 

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ।  लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। आइतबार साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।  आइतबार बिहान लक्ष्मी माताको रुपमा गाईको पनि पूजा गर्ने प्रचलन रहेको छ। बिहान गाईको पूजा गर्ने, गाईलाई खानेकुरा खुवाउने गरिन्छ। गाईमुनिबाट छिर्ने र जनै पूर्णिामा लगाएको धागो गाईको पुच्छर बाध्ने चलन पनि रहेको छ। गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्। यस वर्ष लक्ष्मीपूजाको शुभ साइत सिंह लग्नमा राति १० बजेर १८ मिनेटदेखि १२ बजेर ३५ मिनेटसम्म रहेको छ। लक्ष्मी पूजा गर्दा आफू पश्चिम दिशामा फर्केर लक्ष्मी र गणेशको मूर्ति पूर्वतिर फर्काउनुपर्छ। पश्चिम दिशामा २७० डिग्रीमा फर्किएर पूजा गर्दा समृद्धि प्राप्त हुन्छ।

लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ। लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ।  आइतबार साँझ केटीहरूले समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन्। यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ। तर, पछिल्लो समयमा केटाकेटी दुवैको समूह बनाएर द्यौसी भैलो खेल्ने प्रचलन बढेको छ। समूहमा मिलेर लक्ष्मी पूजाको दिन भैलो खेल्ने र गोबर्द्धन पूजाको दिनमा देउसी खेल्ने चलन चलेको छ।  सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu