"परिवर्तन"
लाख प्रबचनमा पनि फेर्दैन रे जोगिले भेष
जसरी,बाँदरले व्यबहार फेर्दैन
सर्पले गुण फेर्दैन
अनि,नेताले परिवर्तन चाहदैन
भन्नुस् कसरी बन्छ हाम्रो देश ?
कुकुर झैँ आज्ञापालक भएर
नाथिएको गोरु झैँ जोतिएर
आफ्नै आगनको खोरमा पालेर
बलि चढाउने कसाई रहेसम्म
कसरी फेरिन्छ हाम्रो परिवेश ??
मुट्ठी नउचाले सम्म
कम्मर नकसे सम्म
अधिकार नखोसे सम्म
जनता नजागे सम्म
कसरी बन्छ, नवदेश ???
हुरीले उडाउन्न भेष
सहे,संस्कार रहन्न शेष
अबपनि चुप रहेसम्म
अन्याय अत्याचार सहेसम्म
कसरी बन्छ हाम्रो देश????
लेखक रेशम चौधरी