ओम नारायण महतो – विचार साध्य हो नकी कुनै साधन होइन, मानव स्वभाव अस्थिर अपुर्ण र दुर्लब छ । एउटा विचार अमृत रुपमा जति म्याद उचित हुन्छ उतिनै शक्तिशाली पनि हुन्छ र त्यसलाई व्यवहारमा लागु गर्ने सम्भावना पनि त्यति नै कम हुन्छ । जहाँ सम्म त्यसको सफलता मानवमा निहित रहन्छ ।
राजनीतिको काम भावि पिंडिको कुनै महत्व हँुदैन किन भने उनीहरुलाई अस्थाई सफलता चाहिएको हुन्छ । जुन तव मात्र सजीलो हुन्छ जव भावि पिंडिको लागि पनि अत्यन्तै उपयोगी एंव निर्णायक समक्ष र विचारहरुलाई तिलान्जली गरिन्छ । राजनीतिलाई जनताले वुझ्न सक्दैनन् किनकी तल्लो स्तरको चिन्तनको लागि लागेका दुरदर्शी राजनेताहरु भन्दा दाल भात जुटाउने नेता नै ज्यादा आदरणीय हुन्छन् र तिनीहरुलाई नै जनताले सफल ठान्छन् । यस्ता दुरदर्शि योजनाहरु पछि गएर फलदायि हुन्छन् र त्यसको फल केवल भावि पुस्ताले मात्र पाउन सक्दछन् । जबकी जनसाधारणा आफ्नो समय भन्दा पर देख्न सक्दैनन् ।
अझ केहि यस्ता राजनेताहरु पनि छन् भविश्यमा आफु चम्कनको लागि केहि महत्वकांक्षी योजनाहरु आफ्नो हातमा लिन्छन् । ति योजनाहरु वर्तमानमा सिमित मात्र पुरा हुन्छन् धेरै अपुरा हुन्छन् । ठुला योजनाहरु अपुरा भएमा त्यस्ता राजनेतालाई जनताहरुले बहिस्कार गर्दछन् । तिनीहरु सफल बन्दछन् भविष्यको लागि काम गर्न व्यक्तिले वर्तमानको लागि केहि पनि लाभ पाउदैनन् । राजनीतिक नेताले ईश्वरलाई साक्षि राखि असम्भवलाई सम्भव वनाउने इच्छा एंव चेस्टा गर्दछन् । तिनीहरुको विचार अमर छ भने आगामि पिंडिहरुले तिनीहरुको सरन गर्दछन् । उनीहरुको मान्यता स्वीकृत गर्दछन् । मानवीय प्रगतिको दौरानमा यस्तो पनि हुनसक्दछ की व्यावहारीक राजनीतिक दार्शनिक एउटै बन्न सक्दछ । जति नै व्यावहारीक दार्शनिकको गतिविधिहरुको सम्वन्ध हुन्छ त्यती नै कठिनाईहरुको सामना गर्नु पर्ने हुन्छ । यस्तो मानिसले दैनिक जीवनमा जनसाधारण व्यक्तिको मागको पुर्ति गर्दैनन् । बरु एउटा गहन उदेश्य तर्फ पुग्ने प्रयास गर्दछन् । जसलाई धेरै थोरै मानिसले मात्र वुझेका हुन्छन् । उसको जीवन घृणा र प्रेमको विचमा बाडिएको हुन्छ । आगामी पिंडिको भविष्य उज्यालो बनाउन लागेका यस्ता मानिसहरुलाई उनीहरुको आफ्नै समसामयीक साथीहरुले पनि ठिक सँग बुझ्न नसकेको कारणले गर्दा विरोध गर्दछन् । मासिले भविष्यमा जति ठुलो काम गर्दछन् त्यतिनै थोरै उसले आफ्नो समसामयीकबाट प्रशंसा पाउँछन् । उसको जती ठुलो संघर्ष भएता पनि सफलता त्यति नै कम विरलै हुन्छ । जसलाई मानिसले देख्न सक्दछन् शताब्दी सम्म यस्तो त्यो भाग्यशाली ब्यक्ति हुन सक्दछ । उसलाई भविष्यमा आफ्नो ख्याती बढ्न सक्ने हल्का पुर्व ज्ञान हुन सक्दछ । सफलता सयाँै घटना विवरणमा एक दुई वटा मात्र पाईन्छ । यस्तो मानिस मात्र इतिहास धावक बन्दछ । आफ्नो सहयोगीहरुको सहयोग तथा आलोचना पाए पनि वा नपाए पनि निवरन्तर रुपमा आफ्नो विचार र आदर्शको लागि संघर्ष गर्नेहरु साचो अर्थमा राष्ट्र पुरुष बन्दछन् । भविष्यका पुस्ताहरुको हृदयमा यस्ता मानिसको स्थिती अंकित हुन्छ । यस्ता महान् व्यक्तिहरुद्वारा आफ्ना समसामयिक दौतरीहरुको हातबाट भोगीएका कष्टहरुलाई उनीहरुको जीवनलाई र संकटका कालरात्रिहरुमा इतिहासका यिनै महापुरुषको स्मरणले मानिसको चुडिएको हृदयलाई जोड्ने काम गर्दछन् र निरासालाई विश्वासमा बदल्न विरक्षण व्यक्ति प्रदान गर्दछन् । महान फ्रेडरिक राजनेता मात्र होईनन् मार्टिक लुथर र रिचर्ड वेग्न र सुधारक पनि हुन् ।
हिटलरको युवा आन्दोलनमा संगठन भित्रबाट आलोचना सूरु भयो । आफ्नो कार्यकर्तालाई बाह्य स्वरुप र भित्रि स्वरुपको अर्थ बुुझाउन सकेनन् । मानिसहरु आफ्नो आन्दोलनमा व्यक्तिगत रुपमा उपलब्धी खोज्दथे नकि पार्टिको भविष्य प्रतिको उपलब्धी होईन । यसरी जननायक भनेर चिनीने वि.पि कोईराला पनि भविष्यमा जनता प्रति बढि चिन्तीत र संवेदनशिल भएको पाइन्छ । उनीहरले लेखेका कृतीहरुमा अध्यापन गर्दा साहित्यीपाराले जनतासँगको जनजीविका सवालका मुद्दा राष्ट्रियता स्वाभिमानीले मुद्दा उठाएको पाईएको अवश्था छ । डेमोक्रेटहरुले अहिले पनि वि. पि को विचारलाई चिन्न नसकिरहेको अवस्था छ । उनी त्यागी एक महापुरुष थिए । आफ्नो जीन्दगी देश र जनता बीच समर्पित गरे । आज तिनै वि.पि का लागु हुन नसकेका ऐजेण्डा नै नेपाली काग्रेस छ । वि.पि का सिदान्तमा मात्र रह्यो यो लागु भैदिएको भए नेपाली जनता र नेपाल देश धेरै अगाडी बढि सक्थ्यौ । वि.पि.का सपना बोकेर नेपाली कांग्रेस आजसम्म अडिएको छ । त्यो भिजनलाई लागु गर्ने एउटा कांग्रेस भित्र नेताको खडेरी परेको छ । किन लागु हुन सकेन त्यस्तै माक्र्सको एउटा कम्युनिष्ट सर्वहारा बर्गको मुक्तिको लागि राजनैतिक पार्टिहरुसँग सामाना गर्ने विचार थियो राज्यको नाउँमा राजनैतिक पार्टिहरुको हातमा रहेको पुजी सार्वजनीक हुनु पर्नेछ । त्यो जमीन जोत्दछ उसको हुनु पर्दछ । कलकारखाना जसले काम गर्दछ दिन रात उसको हुनु पर्ने थियो तर रुसमा लेलिनले लागु गरिदिए त्यहाँको समान्ती वर्गलाई ढलाई सत्ता आफ्नो हातमा लिई गरिबको मुक्तिको खातिर शासन चलाई राखे । लेलिनको त्यो शासनमा केहि सर्बहारा मजदुर किसान तथा पिछडिएका जातिले मुक्ती त पाए तर लामो समयससम्म त्यो शासन टिक्न सकेन । किन विश्वमा कम्युनिष्ट शासन लामो समया सम्म टिक्न सक्दैन त्यस्तै विश्वमा पनि एक दुई ठाउँ बाहेक कम्युनिष्ट लोप हँुदै गएको अवश्था छ । सूरुमा कम्युनिष्ट विचार र सिदान्त ज्यादै राम्रा हुन्छन् त्यो पछि गएर लागु गर्न सक्नु पार्टिको लागि दुर्भाग्य हो । भोलिको दिनमा नेपालमा पनि ६६ कम्युनिष्ट भएको मुलुक हो यहाँ आज सम्म कम्युनिष्ट एक भएको अवस्था छैन । कम्युनिष्ट एकता नभई कसरी लागु हुन सक्छ तिनीहरुको सिदान्त देशले कसरी निकास पाउन सक्दछ । आजकाल के देखिएको छ भने कम्युनिष्टको सत्रु कम्पयुनिष्टनै देखिएको छ । जब आफ्नो लक्ष्यमा पुग्न खोजीन्छ त्यहाँ विचलन भईहाल्छ । पद र प्रतिष्ठाको कारणले पार्टी टुक्रिएको इतिहास छ ।
(लेखक: डायनामिक युथ सोसाइटी नेपालका संयोजक हुन्)
सुझाबको लागि : tharuom24@gmail.com