ओइ नेतागन हो के गर्दैछौ देशमा,[थारु युवा साहित्यकार सुरेश चौधरी ]

Wednesday, 19 October 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

                        (कविता)
कविता बुझने कि साहित्य साहित्य कवितामा के फरक,।
जन्ता शोषित सरकार बिवादित कार्यकर्तामा के फरक,।।

सहिदहरुको रगत बग्यो,सहिदहरु भए खरानी,।
जन्ताहरुको आँसु बग्यो,जन्ताहरु भए बदनामी,।।

सोझा जन्ताहरु आफ्ना पहिचान खोजे,बनाए लाचार,।
नेताहरुले कुर्सी रोजे भए,देशका भ्रष्टाचारी बफादार,।।

बच्चाबच्चीहरु सबै टुहुरा भए,कसले गरिदेला उद्दार,।
देशका नेताकार्यकर्ता राखे,जन्ताको मागलाइ उधार,।।

नेताकार्यकर्ता भए राजनैतिकमा,स्वार्थिपनका सिपालु,।
देशमा जातिय बिवाद ल्याए,जन्तालाई बनाए बिषालु,।।

नेताहरु आ आफैमा पार्टी खोले, जन्तालाई केहीगर्छु भने,।
देशमा केही सीप नलागे पछि, देशलाई बर्बाद पारी छोडे,।।

ओइ नेता के गर्दैछौं देशमा,सहिदको भित्री आत्माले सोधे,।
क्रान्तिकारी नेताले भने,जन्तालाई रुवाइरुवाइ देश छोडे,।।

कविता लेखक:(थारु युवा साहित्यकार सुरेश चौधरी )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu