२०७३/६/१५,असोज।
नेपालमा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ,बिजया दसमि आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म मनाइने यस बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना पुरा गरियका छ्न । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गर्ने गर्छ्न।
आज बिहानै घटस्थापना गरियको छ, नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट घैटोमा बालुवा÷माटो ल्याई दसैँघरमा विधिपूर्पक जमरा राख्ने चलन छ ।
जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।
प्रस्तुत छ आज घटस्थापनाको दिन बिहान बारा जिल्लाको कोल्हबीमा निकालियोको कलश यात्राका केही तस्बिर र झलकहरु।
(फोटो सौजन्य=प्रदिप चौधरी )