ईश्वर राई ,,
क्वालालम्पुर (मलेसिया):= युवा कलाकार, समाजसेवी तथा सफल ब्यवसायी फुर्बा दोर्जे मोक्तान तामाङले आफ्नो जन्म दिनको अवसरमा पुस २ र ३ गते मकवानपुरका दुई बिद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा बितरण गरेका छन् ।
बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया आइ सफल भएका युवा ब्यबसायी, कलाकार तथा समाजसेवी मोक्तानले आफ्नो ३४ औं जन्म दिनको अबसरमा श्री भुमेश्वरी प्राथमिक बिद्यालय वकैया २, कालापानी र श्री कालिका माध्यमिक बिद्यालय वकैया २, दोभान मकवानपुरका बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा बितरण गरेको हो ।
यदि आफू खुशी हुनुछ भने पहिले अरुलाई खुशी बनाउनु अनि मात्र आफू असली खुशीको बहार हुनेछ भन्ने उद्धार भाब भएका मोक्तान नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाका उपाध्यक्ष, नेपाल तामाङ अन्तराष्ट्रिय समान्वय समितिका सदस्य, नेपाल तामाङ घेदुङ मलेसियाका सल्लाहकार, नेपाल तामाङ कलकार संघ मलेसियाका अध्यक्ष लगायत अन्य विभिन्न संस्थामा आवद्ध रहि सक्रिया रुपमा काम गर्दै आईरहेका छ्न ।