थारु बस्तीमा माघीको रौनक, मेलादेखि महोत्सव सम्माको तयारी

Tuesday, 1 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

उन्नति चौधरी,,
धनगढी:= माघ आउदैगर्दा थारु बस्तीमा माघीको रौनक छाएको छ । थारु समुदायका यूवायूवतिहरु माघी पर्वलाईलाई मध्यनजरगरि ठाउँ ठाउँमा मेला, महोत्सव, थारु सांस्कृतिक कार्यक्रमको तयारीमा जुटेका छन् ।

कैलारी गाउँपालिका स्थित हसुलिया बजारमा यहि पुस ३० गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउटको तयारीपनि अन्तिम चरणमा पुगिसकेको छ । पुस पेनाल्टी सुटआउटको तयारी स्वरुप पुस १५ गते देखि २५ गतेसम्म टीम दर्ता गर्ने भनेर सूचना समेतजारी गरिसकेको मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले जानकारी दिए ।

उनका अनुसार टिम दर्ता गर्नेहरु लिखितरुपले एकदमै बढि आउन थालेपछि उनीहरुलाई लिखितरुपले दर्ता गर्न आग्रह पनि गरेको बताए । मूल आयोजक समितिले ४० वटा टीम लिने भनिएपनि १४ वटा टीम आयोजकले अग्रिम बुक गरिसकेको हुदा बाहिरबाट २६ वटा टीमलाई मात्र सहभागि गराउन सक्ने बताए । सहभागि हुने टीम समयमै दर्ता गरिदिन चौधरीको अनुरोभ छ ।

प्रदर्शनीमा झुमरा, सखिया नाच, मुग्रुहुवाा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक कार्यक्रमको पनि तयारी भईरहेको छ ।

परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छाड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको चौधरीको भनाई छ ।

माघी पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउनका लागि कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाले पहिलो पटक साँस्कृतिक प्रदर्शनी गर्न लागेको हो ।

त्यसै गरि कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेला गर्ने भएका छन् । थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा मेला हुने आयोजकले बताए ।

‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमार अभियान’ भन्ने मूल नाराकासाथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुन लागेको महोत्सव प्रचार प्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरी बताए ।

मेलामा थारु जातिको परिकार रहन सहनका साथै भेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक स्टल राखिने प्रचारप्रसार चौधरीले जानकारी दिए
थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैरथारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने संयोजकले जानकारी दिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu