हेटौंडामा आयोजित दोस्रो थारु माघी महोत्सव सम्पन्न।(फोटो फिचर सहित)

Thursday, 16 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हेटौंडाः=थारू समुदायले माघ १ गते हेटौंडाको भुटनदेवी चौरमा थारू महोत्सव भव्यताको साथ मनाएको छ। २ हजार भन्दा बढीको उपस्थितिमा थारू महोत्सव सम्पन्न भएको हो।महोत्सवमा विशेष गरी घुँगीको परिकार, माछाको अचार र रौतहट जिल्लाको हरफरौरी नृत्यले अवलोकनकर्तालाई आकर्षण गरेको थियो।  

हेटौंडा नगरपरिक्रममा गरेर भुटनदेवी उच्च माविको प्राङ्गणमा पुगेर महोत्सवको रुप लिएको थारू महोत्सवमा थारू विद्यार्थी संघ, थारु युवा, थारू महिलाले थारू परिकारको स्टल राखेका थिए। थारू महोत्सव देखेर विदेशी पर्यटकले स्टेज मै गएर नेपाली गीतमा लौरी डान्स गरेका थिए। 

थारू समुदायको संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समिति संयोजकले जानकारी दिनु भयो ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu