आज थारुहरुको महान पर्व यमोसा(पितृ औंशी) ।आफ्ना द्धिवंगत भएका पितृहरुको संझनामा घटस्थापनाको अघिल्लो दिन थारु समुदायमा यो पर्व निकै हर्षोउल्लासका साथ मनाईने गरिन्छ ।खासगरी औंशिको अघिल्लो दिन मछुवारी( माछा मार्ने )दिन नजिकैको नदि खोलाहरुमा माछा मार्न गई बेलुका माछाको विभिन्न परिकार खाएर सुरुवात गरिने यो चाड ,औंशिको दिन बिहानै सिरुको स -साना बिजोड 3/5/7 मुठा बनाएर एकै मुठा तयार गरिन्छ ।त्यसपछी नजिकैको नदि खोलाहरुमा ( कुशे औंशिको दिन घर घरमा राखिएको कुंश )हातमा लिएर नुहाउने गरिन्छ र हातमा कुंश राखेर पितृहरुलाई सम्झिदै पानी दिने गरिन्छ ।त्यसपछी तयार पारिएको सिरुको मुठो (पितृको संकेत) लाई घरको आंगनमा लिप पोत गरि कुर्ची अथवा पिर्का माथी राखेर रंगि चङ्गी फुलहरुले सजाउने गरिन्छ ।संगै पानी,रक्सी ,चुरोट,सुपारी,सुर्ती जस्ता कुराहरु राखिन्छ ,घरका प्रत्येक सदस्यहरु नुहाएर आईसकेपछी पालैपालो त्यहाँ राखिएका पानी,रक्सी इत्यादी चिजहरु पितृहरुलाई सम्झिंदै त्यहां चढाईन्छ।अर्को तिर घर घरमा खशी बोकाहरु काटेर मिठा मिठा रुचिअनुसारका परिकारहरु तयार गरिन्छ ।त्यसपछी आफ्ना छोरी चेलिहरु जो बिहे गरेर गई सकेका हुन्छन , उनिहरुलाई बिजो बनाएर(बोलाउनु) घरमा तयार पारिएका मिठो मिसिनो परिकार खुवाईन्छ ।अर्को रमाईलो कुरा के छ भने आफ्ना छोरी चेली नहुने हरु गाउंको कसैलाई पाहुना बनाएर ल्यएर भएपनी एकछाक खुवाउनै पर्छ भनाईको मतलब अनिवार्य त्यो दिन हरेको घरमा पाहुना हुनैपर्छ नत्र स्वर्गमा जाने पितृहरुको बाटो असहज हुने पुरानो बिश्वास रहिआएको छ ।त्यसपछी पाहुनालाई खाना खुवाईसकेपछी सुरुमा पाहुनाको कपालमा थोरै तेल लगाईन्छ अनि सुपा (नाङ्लो ) उल्टो पारेर त्यो माथी थोरै पानी राखी "मोर पितपितराईन सितरे सितरे जईहे " भन्दै त्यो उल्टो सुपा (नाङ्लो) माथी राखिएको पानी पाहुनामाथी छर्किदिने चलन छ थारु समिदायमा। त्यसपछी गाउंभरिका मान्छे हरु भेलाभएर झम्टा नाच नाच्दै गाउंदै घर घरमा तयार पारिका परिकारहरु खांदै रमाईलो गरिन्छ जसलाई थारुभाषामा "यमोसा खाई-"भन्ने गरिन्छ ।यसरी यो चाड थारु समुदायमा निकै भव्यताका मनाउने गरिन्छ / तर पछिल्लो समय यो नेपाली समाजको असमान निति नियम अनुसार यस्तो मौलिक चाडमा समेत सार्वजनिक विदा नदिईने भएको हुंदा बिस्तारै लोपोन्मुख अवस्थामा पुगेको छ । त्यसैले समयमै यस विषयमा थारु सरोकारवालाहरु को ध्यान पुग्न जरुरी छ अन्यथा यो चाड एकादेशको कथा जस्तै नरहला भन्न सकिन्न । अन्तमा सम्पुर्ण थारु समुदायलाई शुभाकामना !!!