मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ,[आङ्काजी शेर्पा]

Tuesday, 1 November 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ=
साडी चोलो लगाएको छैन भन्दैमा
मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ
म त बक्खु लगाउने हिमाली आदिवासी
मलाई भोटे भनेर हेप्न कहाँ पाइन्छ,

तीजको गीतमा नाच्न नजाने पनि
छठको गीतमा नाच्न मलाई आउछ
म त धेती लगाउने मधेसी, थारु तराईवासी हु 
मलाई मधेस ,स्वायत थरुहट नै चाहिन्छ,,

शीरमा टोपी लगाए छैन भन्दैमा
मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ
म त ल्होछार मनाउने तामाङ हु
मलाई तामसालिङ प्रदेश चाहिन्छ,,,

देउसे भैलोमा म नचाने पनि
साकेला च्याब्रुङ नाच्न मलाई आउछ
आफ्नै भाषा धर्म संस्कृति भएको किरात हु
मलाई किराती पहिचान चाहिन्छ,,,,

लुगा, जुत्ता भाँडा बनाउछ भन्दैमा
मलाई दलित भन्न कहाँ पाइन्छ
म त सबै श्रम गर्ने शिल्पी हु 
मलाई मेरो शीपको सम्मान चाहिन्छ,,,,,

हिन्दु मन्दीरमा जादैन भन्दैमा
मलाई नेपाली होइन भन्न कहाँ पाईन्छ
म त मस्जिदमा जाने नेपाली मुस्लिम हुँ
मलाई सबै धर्मको माया चाहिन्छ,,,,,,

दशैमा टीका लाउदैन भन्दैमा 
मलाई नेपाली होइन भन्न कहाँ पाईन्छ
म त माघे सँक्रान्ती मान्ने मगर हु
मलाई हिन्दु बनाउन कहाँ पाइन्छ,,,,,,,

खस भाषा बोल्न जानेको छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ
म त नेपाल भाषा बोल्ने नेवार हु
मलाई नेवा प्रदेश अवश्य चाहिन्छ,,,,,,,,

घाँटीमा जनै लगाएको छैन भन्दैमा
मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ
म त घाँटीमा  खादा लाउने गुरुङ हु
मलाई तमुवान पहिचान चाहिन्छ,,,,,,,,,

नेपाल सबै जातीकाे फुलहरू फुल्ने
साझा फुलबारी हाे
एकल जातकाे फुलबारी बनाउन
कहाँ पाईन्छ ..हो नेपालका ढोङगिबादीहरु
कहाँ पाइन्छ..............।
 
(लेखक=आदिवासी जनजाती नेता आङ्काजी शेर्पा हुनुहुन्छ।)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu