आउनु त आएको हो तिहार रुवाएर जाने भयो
मेरि दिदिले उनेको माला ओइलाएर जाने भयो
परदेशीको निम्ति तिहार नआए पनी हुने थियो
आँखा भरि मुसलधारे वर्षा खसाएर जाने भयो
जताततै रंगीचंगी छ दुनिया तर भएर के गरौं र
मलाइ दिदिबहिनी गाउघर सम्झाएर जाने भयो
परदेशमा हामि भाइ रुन्छौ घरमा दिदी रुन्छिन
धनिहरुको मात्र रहेछ तिहार बताएर जाने भयो
भाइ टिकामा मेरि दिदि भाइ सम्झेर रुदै होलिन
तिम्रो हात मेरो निधार खाली गराएर जाने भयो