डोली माथी चढाउँदा मुसुमुसु हाँस्दै थियौं!! पञ्चे-बाजा बजाउँदा मुसुमुसु हाँस्दै थियौँ!!

Saturday, 3 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[एकल-गजल]]]
==========================
डोली माथी चढाउँदा मुसुमुसु हाँस्दै थियौं!! 
पञ्चे-बाजा बजाउँदा मुसुमुसु हाँस्दै थियौँ!!

आफ्नो जन्म घर बाट बाआमाले बिदा गरी,
पराइको घर पठाउँदा  मुसुमुसु हाँस्दै थियौं

पहिलो भेट्मा मैले आँखा जुझाउन नसकेर,
छ्ट्के नजर लगाउँदा मुसुमुसु हाँस्दै थियौं

तिमी दुलही म दुलाह पन्डितको निर्देशनमा
तिम्रो हातमा समाउँदा मुसुमुसु हाँस्दै थियौं

मैले त्यो दिन जिन्दगीभर भुल्न सक्ने छैन,
"स्वागरात" मनाउँदा मुसुमुसु हास्दै थियौं 

यो यौवनको मात पनि बडो अचम्मको रैछ,
मैले रातभर सताउँदा मुसुमुसु हाँस्दै थियौं!
==========================
मतला :- Kabiram Bc
नौमती बजाउँदा मुसुमुसु हाँस्दै थियौं।
खाली सिँउदो सजाउँदा मुसुमुसु हास्दै थियौं
लेख्ने प्रयास :- ©एकल

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu