कोसेली स्वरुप मीठो रचना"दुई गुण"[भागवत चौधरी]

Sunday, 25 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

"" दुइ गुण""
नमस्ते पनि नथाप्ने घमणडी अपिसर
जति नै पर्सनालिटी देखाए पनि दुईटा गुण हुन्छ -
राम्री स्टाफ सँग मस्किन्दै बोल्ने
स्वास्नी अघि लुरुक्क् भएर आए पछि मुखै नखोल्ने।

डाक्टर साहब जति नै नाप्पिएको भएपनि दुईटा गुण हुन्छ -
पैसा थाप्दा हँसिलो अनुहार बनाउने ,
महिनै पिच्छे स्वास्थ चौकी आउने निमंत्रण दिने ।

नेता जति नै गरिब भएपनि दुईटा गुण हुन्छ -
हप्तै पिच्छे नायाँ कुर्ता अनि सुट सिलाउने ,
गरीब धनी सबैसित हासी हासी  हात मिलाउने ।

स्वास्नि जति नै च्याठीएकि अँध्यारो मुखे भएपनि , दुईटा गुण हुन्छ -
जम्मै तलबको पैसा दिंदा दिल खोलेर हाँस्ने ,
मुड चलेको बेला डरसरी रोमान्टिक भएर
आँखाको लोती लोत्राउदै हात समाउदा
नव दुलही झै मस्किने ।

कोही कसैको (सबैको होइन)बहिनी जति नै सनकी भएपनि दुईटा गुण हुन्छ -
हेन्डसम केटा आयो भने अफ मुडमा पनि एक नजर हेर्ने
अनि अरु बेला इन्द्रेको बाउ चन्द्रे आएपनि नटेर्ने ।
     
           लेखक=भागवत चौधरी थारु(सप्तरी )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu