[[कविता]]
शीर्षक : "शहिद"
ए ! वीर शहिदहरु हो,
तपाई फेरी आई दिनुस,
यहाँ देश भित्रभित्रै खोक्री रहेको छ,
यि भुस्याहा कुकुरहरुले लुछाचुडी,
खाइ रहेका छन,
आफ्नै मातृभूमी आमालाई,
चोक्टा चोक्टा पारेर,
पेट फुट्ने गरि अघाइ रहेका छन,
र,
डकार छोड्दैछन, चारैतिर दुर्गन्ध फैलाएर,
हो आई दिनुस अब फेरी तपाईहरु,
र बचाई दिनुस यो देशलाई,
हे शहिदहरु हो..........
यहाँ फेरी पनि तपाईहरु जस्तै,
वीर,
वीराङ्गणा,
दुरदर्शी,
कर्मठ,
बलवान,
सपुत चाहिएको छ,
कहिल्यै नडग्ने,
कहिल्यै न झुक्ने,
आइ लाग्ने माथी जाई लाग्ने,
फर्केर कहिल्यै नहट्ने,
परेको बेला ,
यो ज्यान हाँसी हाँसी बलिदान दिने,
दशरथ चन्द,
गंगालाल,
शुक्रराज,
धर्मभक्त,
जस्तै,
सपुत चाहिएको छ,
यहाँ दुश्मनहरुले छड्के नजर,
लगाई रहेका छन,
सिनो खान पल्किएका गिद्धहरुझै,
एउटा ठुलो दाउ पर्खिरहेका छन,
बकुल्लाले आफ्नो आहारा हेरेझैं,
बिरालाले मुसा चियाएझैं,
सबैको गिद्दे नजर,
त्यही सुन्दर शान्त विशाल,
नेपालमा परिरहेको छ,
यहाँ,
त्यो गोर्खाली खुकुरीले पनि आफ्नो,
नित्यकर्म बिर्सिएको छ,
सुरक्षा कवज ढालहरुले पनि,
आफ्ना अहमता देखाइ रहेका छन,
हो त्यसैले आऊ वीर शहिदहरु हो,
फेरी पनि यो देशलाई बचाई देउ,
यहाँ दिनानुदिन,
सिमानाहरु रातारात मिचिदै छन,
वीर छोराहरुको सम्झनामा,
भने,
आँखाभरी आँसु राखी,
छाती माथी ढुङ्गा राखी,
रोई रहेकी छिन नेपाल आमा,
कस्ले बचाई देला मेरो अस्वित्व,
मेरा हातहरु छिनिएका छन,
मेरा खुट्टाहरु बाँधिएका छन,
मलाई न्याय दिने कोही छैन,
भन्दै आँशु खसाली रहेकी छिन
आफ्ना वीर सहिद,
सपुतहरुको सम्झनामा,
"
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
