[[गजल]]
यो मनमा उच्च स्थान तिम्लाइ मात्र दिन्छु।
इश्वरलाई झै सम्मान तिम्लाइ मात्र दिन्छु।
मलाई धेरै मान्छेले, धेरै तरिकाले चिन्लान।
मेरो असली पहिचान तिम्लाइ मात्र दिन्छु।
खाइएला अन्त पनि,सङ्गै जिउनेमर्ने कसम।
दिनै पर्यो भने यो ज्यान तिम्लाइ मात्र दिन्छु।
नरिसाउ न एकछिन हासेर बोल्दा अरुसङ्ग।
जीवभरलाइ त मुस्कान तिम्लाइ मात्र दिन्छु।
हासो,मजाक, ख्याल ठट्टा धेरैसङ्ग गरेपनि।
अन्त्यमा जीवन दान तिम्लाइ मात्र दिन्छु।
रेस्मा राना मगर
~सिन्धुली~
