हामी थारु अरुको इशारामा काम गर्ने बानी त्याग्नु पर्छ[कविता]

Friday, 3 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हाम्रो देश अहिले टुक्रा-टुक्रा हुने अवस्थामा
पुग्न लाग्यो  अरुको भर पर्दा,
सास्ति जति हामी सोझा साझा जनताले नै खेप्नु पर्यो,
हाम्रो थारु नेता,अगुवाहरुको विवेक सुन्य हुँदा,,

चिर निन्द्रामा पर्नेहरुको , बल्ल आँखा खुल्यो,
आफ्नै दुनो सोझ्याउनेको, होस-हवास उड्यो,,
गल्ति जति तिनिहरुले गर्ने, हामिले दुःख पाउने,
फेरि पनि हाम्रो हक-अधिकार खोसिन लाग्यो कस्ले जिम्मा लिने?

अँध्यारोमा देश फस्यो भ्रष्टचारी कर्मचारीको मुख ताक्दा,
आँगनमा  पाहुना हुँदा हुँदै मझेरीमा डाक्दा,,
कतिसम्म आफ्नो ठान्ने, कति विश्वास गर्ने,
कहिले सम्म थारु आदिवासी हामी पराइको शरणमा पर्ने?

अन्धभक्त नेता, अगुवाले देश बर्वाद गरे,
आनाहकमै जनतालाई उल्झनमा पारे,,
अक्कलको तीर हान्ने अब थारु नेता चाहियो,
कलमको हुङ्कारसंगै बाहु बल चाहियो,,

पहराको काप फोरी ज्योती झिँकौ अब,
कस्तुरी झैं बास्ना खोज्दै, हिँड्नु हुन्न अब,,

हामी थारु अरुको इशारामा काम गर्ने बानी त्याग्नु पर्छ,
आफ्नै सोच वर्कतले आफ्नो पाइला अगाडि चाल्नु पर्छ,,
आणविक भट्टि खोलौं, कस्लाई केको चासो,
क्षणिक न्यानो चाहियाछैन, मरणको पाशो,,

हामी थारु अरुको इशारामा काम गर्ने बानी त्याग्नु पर्छ,
आफ्नै सोच वर्कतले आफ्नो पाइला अगाडि चाल्नु पर्छ,,
जागौ थारु युवा अब हामी आफ्नो हक-अधिकार,
पहिचानको लागी आफै अगाडि बढ्नु पर्छ।

      [ लेखक:-भागवत चौधरी थारु(सप्तरी)]

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu