स्कुलदेखि नै मलाई मन पराउने, पिछा गर्नेहरु धेरै थिए

Wednesday, 15 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

‘प्रेम प्रस्ताव त कति आउँछ आउँछ, मेरो पहिलो प्रेम नै श्रीजीसँग भयो’: स्वेता खड्का
नायिका स्वेता खड्कासँग प्रेम दिवसको रमाइलो गफ । साच्चै, नायिका स्वेता खड्काको पहिलो प्रेम को थियो होला, उनको जीवनमा प्रेम प्रस्ताव कति आए होलान् ? तपाइको मनमा यस्ता कौतुहलता उब्जिएका छन् भने स्वेताले यसको जवाफ दिएकी छिन् ।

‘भ्यालेन्टाइन गफ’ गर्दै स्वेताले कलेज पढ्दा आफूलाई मन पराउने धेरै भएको सुनाइन् । स्वेताले भनिन्-‘स्कुलदेखि नै मलाई मन पराउने, पिछा गर्नेहरु धेरै थिए । कतिपयले त स्कुलको वेन्चमा नाम लेखेर हैरान गर्थे ।’
स्वेताले मन पराउने धेरै भएपनि आफूले सो समयमा पढाइमा नै ध्यान दिनुपर्छ भनेर यसमा वास्ता नगरेको बताइन् । तपाइको पहिलो प्रेम कहिले थियो, यसको जवाफ दिदै उनले भनिन्-‘मेरो पहिलो प्रेम नै भएन ।’
स्वेताले आफ्नो जीवनमा नायक श्रीकृष्ण श्रेष्ठसँग नै प्रेम भएको सुनाइन् । तर, श्रीकृष्ण र आफूले कहिल्यै पनि ‘आई लभ यू’ नभनेको उनको भनाई छ । श्रीकृष्ण र आफ्नो मन मिलेको उनले सुनाइन् । पहिलो गिफ्ट के थियो भन्ने प्रश्नमा उनले भनिन्-‘हामीले गिफ्ट नै दिएनौ । एकैपटक बिहेमा औठी दिएका थियौ ।’
अहिले प्रेम प्रस्ताव आउँछ होला नि भन्ने प्रश्नमा उनले भनिन्-‘त्यसको त कुरै नगर्नुहोस् । कोहि त यतिसम्म दिवाना छन् कि, फेसबुकमा लाइक र कमेन्ट गर्ने, मैले जवाफ नदिए पनि म्यासेस पठाइराख्छन् ।’ तर, आफूले जवाफ नदिने गरेको स्वेताको भनाई छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu