पढ्नुस्,coment गर्नुस् अनि share पनि।।
"बढुवा"
राज्यका शासकले दिने हो,जनताले माग्ने हो। जहाँनीर जनताको असन्तुष्टि प्रस्फुटिट हुन्छ त्यहीँबाट देशको बिकासको ब्रेक लाग्न सुरुभयो भन्ने देश चलाउनेले बुझिहाल्नु पर्दछ। देशमा लोकतान्त्रिक गणतन्त्रलाई कसरी संस्थागत गर्ने हो? यो प्रजातान्त्रिक नेताले बेलैमा बुझ्नुपर्दछ। जनताले कुन मुक्तिका लागि आहुती दिए? किन जनता सडकमा छन?? जनताको भित्री चाहना के हो???यो सब सवालबाट नेता पन्छिन मिल्दैन। नेता त त्यही हो जसले जनताको वास्तविक मर्मलाई बुझ्दछ। जब देशमा संघीयताको बहसको सुरुवात भयो तब बस्ती बस्तीमा गयर सोझा जनतालाई संघीयताको परिभाषा कस्ले पढायो? मुलुकमा संघीयता स्थापनाका लागि भिख मागेर भित्र्याइएका करोडौं युरो,डलर माथी राज कस्ले गर्यो र आज त्यही संघीयतामा जनताले प्रश्न उठाएर उत्तर खोज्ने बित्तिकै जन दमनको नेतृत्व लिने अधिकार नेतालाई कुन शक्तिले दिदैछ?? जनता भनेका भेँडा हुन्,हामीले जुन भिरबाट पनि धकेलिदिन सक्छौं भन्ने निरकुंस मानसिकताको बिकासको झ्याङ्ग केही केही दिनमै पलाउन सम्भव छ त?? होईन ! अब जनताले बुझ्नुपर्छ,यो मानसिकता नेपाली नेताहरुको संस्कार हो,यहि संस्कारका कारण जनताले जस्तोसुकै परिवर्तनका लागि आहुती दिएपनी हामीले अधिकारको ढुकुटी नेताको दैलोमा थपक्कै राखिदिनु मात्रै हो। हामीले अलिकति मनन गरौँ त? के नेपाली राजनैनिक इतिहासमा प्रजातन्त्र माथि दमन गर्ने कुनै शासक झ्यालखानामा गए? के लोकतन्त्रका लागि जनता सहिद भैरहँदा हाम्रा छातीमा गोलि ठोक्न आदेश दिने नेता राज्यको बृत भन्दा बाहिर छन?? के संघीयतामा हाम्रो शासन पद्धति यस्तो हुनुपर्छ भनेर आन्दोलित जनता माथी दमन गर्न मिल्छ??? हामी बुझ्छौँ तरपनी बुझ पचाउछौँ। सुन्ने कानका प्वाल थुने जस्तो गर्छौँ तरपनी स्विकार्छौँ। यहि बिडम्बनाका कारण दिक्षित गुरुहरुको विलय हुन्छ। यहाँ यस्तै भएको छ,जन जागरणका लागि दुई चार दशकमा केही गुरुहरु उदाउँछन,जनताको उचित स्याहार सम्भार बिना पानीको फोका जस्तै अन्त हुन्छ तिनको! पानीको फोका केही प्रेमिको लागि असल त हुन्छ तर क्रूर छालले तिनको अन्त्य गराइदिन्छ।
जागरण अभियन्ता कुनै दल पार्टीको हुँदैन।उ त सम्पुर्ण जनतालाइ जागरुक तुल्याउँदैमा आफ्नो जीवन ब्यतित गर्छ। यदि राज्यका शासकहरुले यिनको सर सल्लाहलाई मनन गर्ने हो भने मुलुक धेरै छिटो समृद्धितर्फ उन्मुख हुन्छ तर ठिक उल्टो राजनीतिक अभियन्ताले यिनलाई दुश्मन देख्छन् र द्रोहिको अभियोगमा यिनको अन्त्य गरिदिन्छन। मैले नेपाली राजनैतिक इतिहासमा यहि चलनले प्रसय पाएको देखेको छुँ। मुलुकका सारथि हुँ भन्नेहरूले सकेसम्म घोडाको लगाम आफ्नो हातबाट फुत्काउन चाहन्नन् किनकि घोडाको लगाम फुत्किए शासन सत्ताको बागडोर अर्कोको हातमा जान्छ भन्ने तिनको बुझाइ छ। देश र जनता जतासुकै जाउन्,आफ्नो भुँडी र पारिवारिक ब्यबस्थापनलाई मात्र बिकास देख्ने मानसिकताले ग्रसित नेताबाट हामीले मुलुक उँभो होईन उँधोको रप्तारिलो यात्रामा छौँ भन्ने बुझे हुन्छ। हामी जान्दछौँ यी माझीले नैयालाइ पार गर्न सक्दैनन् तरपनी प्राणको थैलो यिनका हातमा बुझाएर हामी त्यही डुंगामा सयर गर्न राजी भैहाल्छौँ। नबस! नबस!! भनेर डिलबाट चिच्याउने खबरदारीलाइ हामी सर्पले झैँ बहिरो बनेर सुनेको नसुन्यै गरिदिन्छौँ।
अहिले मुलुकले निकास खोजेको छ। बर्षौँदेखी थुनिएको पोखरीको डिल कमजोर भैसकेको छ,पोखरीमा बिषालु झाङ्ग पलाएका छन्। पुनः मत्स्य पालनका लागि पोखरी नसुकाइ भएको छैन। सबैलाई थाहा छ,पुनः पोखरीको निर्माण बिना माछा खान सम्भावना छैन तरपनी डिल ओगटेर बसेका हिले माछा र गंगटोलाइ आफ्नो बपौती ठान्नेहरुले - गाउँलेले नुन खुर्सानी भात खाउन् र मेरो भान्सामा त एकछाक भएपनी माछी पाकिरहएकै छ नि भन्ने सोच भएका सामन्तिबाट निकासको परिकल्पना गर्नु ब्यर्थ छ। हामी कसका कारण बिदेशिन बाध्य छौँ ?? हाम्रो यो हालतको सर्जक को हो?? किन हामी शिक्षा,रोजगार र राज्यको सामान्य अधिकारबाट समेत बन्चित छौँ ??? यो कुरा कहिले बुझ्ने हामीले ?? कहिलेकाहीँ त लाग्छ, हामी दास बन्नकै लागि जन्मिएका हौँ र दासताको जंजिर नै हाम्रो आभुषण हो। हामी घर सुरक्षाका निमित्त कुकुर झैँ भुक्छौँ र मालिकले चुप भन्योभने पुच्छर लुकाएर चुप लाग्छौँ,आखिर हाम्रो यो दासता कहिलेसम्म हँ???किन हाम्रो बढुवा कुकुरबाट चितुवामा पनि हुन सक्दैन?? त्यसोभए हामी नेपाली कहिले सिँह बन्ने हँ??
नेपाली हौँ,नेपालभित्रै हाम्रो पहिचान र परिचयको अस्तित्व जोगाइदेउ भनेर जनजाति,मुलबासिले शान्तिपूर्ण आन्दोलन गर्दै आएको थुप्रै भयो। हामीले खेतबारी बेचेर साँवा अक्षर चिन्यौँ- राज्यले हामीलाई के गर्यो?? भएको गर गहना बेचेर परदेशियौँ- राज्यले हाम्रा लागी के सोच्यो?? प्रजातन्त्र, गणतन्त्र, संघीयताका लागि सर्बस्व नष्ट गर्यौँ- आखिर के का लागि?? कसका लागि र किन??? हामी आफ्नै देशमा पहिचान खोज्छौँ - शासकले हामीलाई जातीय राजनीतिको बिल्ला भिराउँछन्। ओहो! छोराछोरी पढेलेखेर ठुलो मान्छे बन्लान्, पुजारी बाजेको केटाकेटी झैँ सुब्बा हाकिम बन्लान् भनेर बुलाकी बेचेकी आमालाई भएको कुटुरो बेचेर बिदेश पठाउनु पर्दाको पिडा कसले बुझ्ने हँ??लिँडे मगर,मुसाकाल थारु,भरिया शेर्पा, बोँधो गुरुङ,भोटे तामाङ,मधेसी भैया आदि इत्यादि उपमाको बेइज्जती हामी सँधै खेपिरहने त???
आखिर युद्धमा जाने एक न एक सिपाही त सहिद हुनैपर्छ। बिना सिपाहीको बलिदानी मुलुक,निरकुंसता कसैबाट पनि मुक्ति सम्भव छैन, त्यसैले म रेशम चौधरीले पनि त्यही बाटो रोजेँ। जबसम्म जनजाति मुलबासिको राज्यमा समाबेशी सहितको अधिकार कायम हुँदैन तबसम्म लडिरन्छुँ,सबैको भाग्यमा सहिद,सबैको भाग्यमा मुक्तिदाताको छैँठी कहाँ लेखिएको हुन्छ र?? सरदार भगत सिँह सहिद भएर पनि उपमा पाउनसकेका छैनन्, सहिदलाई मरेपछिको उपमाको के महत्व रहन्छ र?? पाँच लाख यहुदी मारेर केही भएन आखिर इजरायल बनेरै छोड्यो। एकताका युवा सिखहरुको सफाया गरियो तर आज भारत जस्तो बिशाल देश सिखको भरमा पाकिस्तान सँग लड्दैछ। हामीले त बन्दुक उठाएर सत्ता हत्याउन खोजेका छैनौं, केवल माग छ - दमन नगर,हाम्रा बस्तीमा सुकुम्बासीका नामले हुकुम नचलाउ,हामीलाई पनि सरकारी सेवामा समाबेश गर। तिमिले आफ्नो पहिचान सुरक्षीत गरिसकेका छौ भने हाम्रो पहिचानको पनि सुरक्षा गरिदेउ। यति नम्रपुर्बक अधिकार माग्ने अर्को आन्दोलनकर्मी इतिहासमा भेट्टाउने छैनौँ। मुलबासी जनजातिको नम्रतालाई याचना नसम्झ, यदि यहि ठुलो भुल तिमिबाट भयोभने राम! राम!! भनेर काँध थाप्ने अर्को नेपाली भेटाउन मुस्किलै पर्ला।।
* रेशम चौधरी मेरो पुस्तक संयोग बाट!!!
यसका लेखक रेसम चौधरी हुन उहाँको फेसबुक बाट सभार गरिएको हो।
