गजल
रुपैया-रुपैया ले,हजार बनाउनु छ।
हजार ले दुर्गन्ध ,सुन्दर बनाउनु छ।
तिमि भन्छो जापान अमरिका जान्छु
तर मलाई आफ्नै,संसार बनाउनु छ।
गरिब छु झुपडी भित्र रमाउ छु।
त्यही झुपडी लाई,दरबार बनाउनु छ।
समाज ले थिचोमिचो कति गर्छन् गरून्।
धैर्यता ले शिक्षित, सरोवर बनाउनु छ ।
सारै माया लाग्छ यादले सताइ रहन्छ
यहि मायाले चुमिरने, घरबार बनाउनु छ।
जिन्दगी को यात्रामा धोका हिसाब छैन
हरेक.धोका.सम्झेर, मनकार बनाउनु छ।
पिन्टू राम चौधरी