जीवन सफल बनाउन पाँच कुरामा ध्यान दिनुस्ः डा. कोइराला

Wednesday, 29 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
Dr. Bhagwan
काठमाडौं, पुस १८ गते । ‘मान्छे सफल हुन के–के चाहिन्छ’ जिज्ञासामा धेरैले ‘धन, सम्पत्ति, घरघडेरी, पैसा’ भन्ने उत्तर दिन्छन् । तर वरिष्ठ चिकित्सकहरुले त्यसलाई गौण मान्दै धैर्यता, लगनशीलता, नैतिकता र ज्ञानलाई जीवन सफलताको सिंढीकोरुपमा व्याख्या गर्छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा समाजसेवी डा. भगवान कोइरालाले जीवनमा पाँचवटा काम गरेमा सफल भइन्छ भन्नुहुन्छ । त्यो हो – कमनसेन्स, प्रतिवद्धता (कमिटमेन्ट), निरन्तरता (कन्सिस्टेन्सी), सञ्चारसीप (कम्युनिकेशन स्किल) र आज्ञाकारिता (कम्प्लाइन्ट्स) । पाँचवटा अंग्रेजी सी. अक्षरको पूर्ण परिपालना गर्दा कोही पछि नपर्ने तर्क उहाँको छ ।
“राम्रो काम गर्नुस् राम्रो स्थानले आफै खोज्दै आउँछ, राजनीतिक छिड्की लगाएर एकदिन अगाडि जान सक्नुहोला तर राम्रो कामले तपाईलाई सधैकालागि अगाडि बढाउँछ” डा. कोइराला भन्नुहुन्छ । चिकित्सकको सेवा एक किसिमको ‘सोसल कन्ट्र्याक्ट’ भएकाले समाजप्रति संवेदनशील हुनैपर्ने उहाँ तर्क गर्नुुहुन्छ । “बेइमानी गर्नुछ भने विद्वान नहुनुस्, एउटा बेइमान विद्वान हुनुभन्दा लाटो हुनु ठीक हो” उहाँ सुझाव दिनुहुन्छ ।
अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अर्यालले अन्य पेशाभन्दा मेडिकल पेशा सबैभन्दा संवेदनशील रहेको तर्क गर्नुहुन्छ । “डाक्टरको सानो लापरवाहीले बिरामीको तत्काल ज्यान जानसक्छ र त्यसलाई करेक्सन गर्न डाक्टरले अवसर पाइँदैन” भन्नुहुँदै उहाँले सफल चिकित्सका लागि पनि धैर्यता र लगनशीलता अनिवार्य तत्व भएको बताउनुहुन्छ ।
विरामीहरुको ठूलो भिड लगाएर कोही चिकित्सक सफल र ठूलो हुन नसक्ने तर्क गर्नुहुँदै उहाँ भन्नुहुन्छ, “ठूलो र सफल चिकित्सक त्यही हो, जसले विरामीको पीडालाई सबैभन्दा बढी आत्मसात् गर्नसक्छ ।” अन्य पेशाभन्दा चिकित्साक्षेत्र जीवनमा सबैभन्दा आनन्दित हुने पेशा भएको बताउनुहुँदै उहाँ थप्नुहुन्छ, “कसैको ज्यान बचाउनमा हामी सहयोगी भूमिका निर्वाह गर्न पाउँछौं, जुन अरुले पाउँदैन ।”
आयुर्वेद विशेषज्ञ डा. सरिता श्रेष्ठले विरामीका लागि डाक्टर ‘गड’ नभएर डाक्टरका लागि विरामी नै ‘गड’ भएको तर्क गर्नुहुन्छ । “विरामीविना डाक्टरको के अस्तित्व रहन्छ” जिज्ञासा गर्नुहुँदै उहाँले “एउटा विरामीलाई डाक्टरले कति समय दिन्छ ? पाँच मिनेट वा १० मिनेट । तर विरामीले डाक्टरलाई महिनौ समय दिन्छ” भन्नुहुन्छ । त्यसैले सफल हुनकालागि जोकोहीले धैर्यता, लगनशीलता र निरन्तरता दिनुको विकल्प नरहेको उहाँको तर्क छ ।
मनमोहन मेमोरियल हेल्थ साइन्सका चिकित्सक दुर्गा खड्का मिश्रले सफल हुनकालागि सामूहिक कार्य र आत्मीयताको खाँचो रहेको तर्क गर्नुहुन्छ । “अहिले पहाड र तराईकोबीचमा बैमनस्यता छ, एकअर्कालाई आत्मैदेखि जोड्न आत्मीयताको खाँचो छ” भन्नुहुँदै उहाँले २९ वर्षअघि आफूले मधेसीमुलकासँग खड्काको छोरीले विवाह गरेर पहाड र तराईलाई जोडेको उदाहरण प्रस्तुत गर्नुहुन्छ ।
वरिष्ठ चिकित्सक डा. डि.वी. रोकाले मान्छे सफल हुनकालागि हरेक कामगर्दा पूर्णतामा गर्नुपर्ने सुझाव दिनुहुन्छ । आज कलिकति काम गर्छु, भोलि बाँकी गर्छु भनेर काम थातीराख्ने प्रबृत्तिले मानिस सफल हुननसक्ने उहाँको बुझाई छ ।
“हरेक काम सयप्रतिशतमा गर्नुपर्छ ताकि भोलि फर्केर त्यही कामका लागि सोच्न नपरोस्” उहाँको सुझाव छ, “रोग लाग्नदिएर उपचार गराउनुभन्दा रोग लाग्नै नदिने उपायको खोजी नै सर्वोत्तम उपाय हो ।”
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu