खिचरा महोत्सवमा नेपाली सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने(सेयर गर्नुहोस्)

Thursday, 3 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कारी महतो ,,
चितवन := चितवनको खैरहनी नगरपालिकाको जबकौली गौचरनमा यहि पुस २८ देखि हुन गईरहेको छैटौं खिचरा महोत्सवमा नेपालका चर्चित सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने भएका छन् ।

मिस नेपालबाट विभिन्न विधामा उपाधि जित्न सफल सुन्दरीहरुले महोत्सवमा थारु पहिरनहरुको प्रबद्र्धन गर्नेछन् । महोत्सवमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल टप ५ प्रतियोगी एवम् चर्चित कोरियोग्राफर निश्मा ढुंगाना चौधरी, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, मिस नेपाल अर्थ २०१६ रोशनी खत्रीलाई थारु पहिरनमा सजिएको देख्न पाईनेछ ।

उनीहरुले स्टेजमा समेत विशेष प्रस्तुति दिने महोत्सव साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । त्यसैगरी मिस्टर एण्ड मिस थारु २०१८ सिजन २ का फाइनल प्रतिस्पर्धीहरुबाट तराईका २२ जिल्लाका थारु पोशाकमा ¥याम्प शो गर्ने साँस्कृतिक संयोजक जयस चौधरीले बताए ।

एउटै महोत्सवमा सबै सुन्दरीहरु थारु पहिरनमा सजिएर प्रस्तुति दिने संभवत यो पहिलो पटक हुने आयोजकको दाबी छ । थारु खानाका परिकार र थारु संस्कृति संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा प्रत्येक वर्ष केहि न केहि फरकपनको झल्को दिईरहेको महोत्सवमा यसपटक पनि धेरै नयाँ कुरा देख्न सकिने आयोजकले जनाएको छ । छैठौं संस्करणको ‘खिचरा महोत्सव’ यसवर्ष यही पुस २८ देखि माघ ७ गतेसम्म हुँदैछ । अहिले महोत्सवको तयारी तीब्र रुपमा भईरहेको आयोजकले जनाएको छ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu